मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

धौलागिरी बन्दको आंशिक प्रभाव

धौलागिरी बन्दको आंशिक प्रभाव


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७७, शुक्रबार

बागलुङ, ३ पुस– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वमको प्रतिबन्धत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार साविकको धौलागिरिका चार जिल्लामा गरेको बन्दको आंशिक प्रभाव परेको छ ।
चार जिल्लामध्ये बागलुङ, पर्वत र मुस्ताङमा बन्दको आंशिक प्रभाव प¥यो । म्याग्दीमा बन्दको प्रभाव परेको त्यहाँका स्थानीय अनलाईन पत्रिकाहरुले लेखेका छन् । पार्टीमा आबद्ध रहेका म्याग्दीका नेता गजेन्द्र पुन ‘जगत’को शंकास्पद मृत्यु भएको भन्दै नेकपाले बन्द आह्वान गरेको थियो ।
बागलुङमा बजार आंशिक बन्द रहयो । बजार क्षेत्रमा सवारी साधन निर्वाध रुपमा चलेपनि गाउँदेखि बागलुङ बजार आउने सवारी भने शुक्रबार देखिएनन् । मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा समेत सवारी साधन कम देखिए । सदरमुकामका नीजि तथा सामुदायीक विद्यालयको पठनपाठनमा बन्दको प्रभाव परेको छ । बैंक तथा वित्तिय संस्थाले समेत शुक्रबार कारोवार गरेनन् ।
बन्दका कारण रात्री बसहरू बिहिबार सबेरै धौलागिरिका विभिन्न जिल्लामा पुगेको भएपनि ती जिल्लाबाट बाहिरिने लामो तथा छोटो दूरीका बसहरू चलेका छैनन् । यद्यपि फाटफुट रूपमा ट्याक्सीहरू भने चलिरहेको थिए ।
पर्वत सदरमुकाम कुस्मा बजारका केही पसलहरू बन्द रहेको भएपनि धेरैजसो पसलहरूमा बन्दको प्रभाव परेन । बिहानी सत्रमा पढाई सञ्चालन गर्दै आएका विद्यालयहरूले निर्बाध रूपमा विद्यालय सञ्चालन गरेका थिए ।
पुनको मृत्युबारे सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गरी कानुनी दायरामा ल्याउन माग गर्दै शुक्रबार धौलागिरि बन्दको आह्वान गर्दै धौलागिरि ब्युरो इन्चार्ज राजनले विज्ञप्ति जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->