बागलुङ, ३ पुस– लागू औषधको कारोवारसम्बन्धी मुद्दामा पक्राउ परी थुनामा रहेका निसीखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष सूर्य बहादुर घर्ती पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । उच्च अदालत पोखराको बागलुङ इजलासले उनलाई धरौटीमा रिहाई गरेको हो । लागू औषधको कारोवारसम्बन्धी मुद्दामा उनलाई धरौटीमा रिहाई गरिएको हो ।
वडा कार्यालय वरपर उम्रेको गाँजाका बोट काटेर बोरामा पोको पारेको अवस्थामा कारोवार गरेको भन्ने आरोप लागेको थियो । उक्त मुद्दामा बरामद भएको गाँजा भनिएको वस्तु लागूपदार्थ बनाउने गुणस्तरको नभएको भेटिएपछि धरौटीमा छाडिएको थियो ।





