मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

अन्तर्राष्ट्रिय आप्रवासन दिवस : चर्चा सुरक्षित आप्रवासनको

अन्तर्राष्ट्रिय आप्रवासन दिवस : चर्चा सुरक्षित आप्रवासनको


  • ढोरपाटन संवाददाता
  • पुष ४ २०७७, शनिबार

बागलुङ, ४ पौष– देशको कुल ग्राहस्थ उत्पादको २८ प्रतिशत हिस्सा वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणले ओगटेको तथ्यांक छ । झण्डै ४० लाख कामका लागि योग्य जनशक्ति विश्व श्रमबजारमा छ ।
आप्रवासीका रुपमा विश्वको श्रमबजारमा रहेका युवाहरुको विषयमा पछिल्लो समय अधिकार, दायित्व र त्यसको प्रभाव मुल्यांकन हुन थालेको छ । बागलुङमा पनि शुक्रबार सरोकारवालाले आप्रबासन, त्यसको प्रभाव तथा असरको विषयमा खुलेर बहस गरे ।
शुक्रबार २१ औं अन्तर्राष्ट्रिय आप्रवासन दिवस । हरेकवर्ष अंग्रेजी महिनाको डिसेम्वर १८ तारिखका दिन मनाईने दिवस कोभिड–१९ प्रभावका कारण यो वर्ष सिमित घेराभित्र रहेर बागलुङमा पनि मनाइयो । वैदेशिक रोजगारीमा रहेकाहरुको क्षेत्रमा नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको सामि परियोजनाअन्र्तगत काम गरिरहेको भीमापोखरा युवा क्लव बागलुङले पनि सुरक्षित आप्रवासनसम्बन्धि सरोकारवालासँग छलफल ग¥यो ।
सुरक्षित आप्रवासन नभएकै कारण हजारौं नेपालीले विदेशमा दुख पाईरहेको र त्यसको असरमा नेपालीका घर घरमा परेको विषयमा सरोकारवालाले चिन्ता व्यक्त गरे । जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले व्यवहारिक शिक्षा नीति बनाउन नसकेकै कारण रोजगारीको खोजीमा युवाहरु आप्रबासी हुनुपरेको बताए । बिदेशमा पाएको रोजगारी समेत सिप र अनुभव अभावका कारण कम मुल्यको रहेको उनको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले आप्रबासीले पठाएको अधिकांश रकम ऋण भुक्तानी र बिलासितामा खर्च हुने गरेको भन्दै उत्पादन मुलक क्षेत्रमा लगानुपर्नेमा जोड दिए । बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले विप्रेषणमा मात्रै भर परेर बस्ने अवस्था नरहेको बताए ।
धौलागिरी अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले रोजगारीका लागि विदेशिने युवाका कारण परिवारमा ठूलो मानसिक समस्या देखा पर्नेगरेको बताए । अन्तरपार्टि महिला सञ्जाल बागलुङका संयोजक कुशुम बुढाले वैदेशिक रोजगारीका कारण महिला र बालबालिका धेरै प्रभावित भएको बताईन् ।
‘विदेशका सुख भोगको मात्रै चर्चा हुन्छ, दुःखको चर्चा नहुँदा परिवारहरुमा बिचलन आएको छ’ पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले भने ‘दुखमा परेका परिवारलाई मात्रै थाहा छ बिप्रेषणभन्दा वियोगको पीडा ।’
कार्यक्रममा अधिवक्ता राम शर्माले अवधारणा पत्र प्रस्तुत गरेका थिए । अर्का अधिबक्ता यामबहादुर चर्माकारले टिप्पणी गरे । भीमापोखरा युवा क्लवका अध्यक्ष मणीभद्र शर्माको अध्यक्षता, उपाध्यक्ष तोयानाथ गौतमको स्वागत र नविन शिशिरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->