बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेनीमा ६ बर्षिया बालिका बलात्कृत

बेनीमा ६ बर्षिया बालिका बलात्कृत


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०७७, सोमबार
सांकेतिक तस्विर

बेनी, ६ पुस–म्याग्दीको बेनी नगरपालिका–५ गाजनेकी ६ बर्षिया बालिकालाई १५ बर्षिय एक किसोरले बलात्कार गरेका छन् । पीडितलाई आरोपितले पुस २ गते दुर्वयवहार गरेको भन्दै पीडित पक्षले आरोपिविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजङ्ग कुँवरले बताए । ‘घटनाको अनुसन्धान भइरहेको छ, ‘पीडित बालिकाको स्वास्थ्यमा सुधार हुदैछ’ उनले भने । पीडित बालिकाको स्वास्थ्य अवस्था असामान्य रहेकोले बेनी अस्पतालले थप उपचार र स्वास्थ्य परीक्षणका लागि पुस २ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको बेनी अस्पतालका चिकित्सकले बताएका छन् ।
बलात्कारमा संलग्न किसोरलाई पनि प्रहरीले नियन्त्रणमा लिई स्वास्थ्य परिक्षणका लागी पोखरा पठाएको जनाइएको छ । विहिवार दिउँसो घरमा कोही नभएको अवस्थामा ललाई फकाई घरमै वोलाएर बलत्कार गरेको र वालिका चिच्याएपछि छिमेकीले रङ्गेहात फेला पारेका थिए । किसोरकै लिङ्ग रकपडाहरु रगताम्मे अवस्थामा भेटिएको थियो । मुलुकी संहिताको करणी सम्बन्धि कसुर दफा ११९ को उपदफा ३ ९क० मा १० बर्षभन्दा कम उमेरकी बालिका भएमा १६ देखि २० बर्षसम्म कैद सजायको ब्यवस्था रहेको छ । घटनाले गाउँ नै स्तब्ध भएको छ। बलात्कारमा संलग्न किशोरले विगतमा समेत फरक गतिविधि देखाउने गरेको स्थानीयको भनाई छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->