बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तीन रोपनीको जब्रो माथि दुर्गा भगवतीको मन्दिर निर्माण

तीन रोपनीको जब्रो माथि दुर्गा भगवतीको मन्दिर निर्माण


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०७७, सोमबार

म्याग्दी, ६ पुस– म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको बगरफाँटमा तीन रोपनी क्षेत्रफलको चट्टान (जब्रो)मा दुर्गा भगवतिको मन्दिर निर्माण गरिएको छ ।
कुल १५ लाख,८१ ह्जार ४ सय ६४ रुपैयाँको लागतमा निर्माण भएको सो मन्दिरको शनिबार आयव्यय विवरण सार्वजनिक गरिएको छ ।
मन्दिर निर्माण समितिका संयोजक नारायण कार्कीका अनुसार हालसम्म मन्दिर निर्माण र व्यवस्थापनका लागि सरकारी निकाय र देश विदेशमा रहेका विभिन्न व्यक्तिहरुबाट गरी कुल १८लाख,४९हजार,६ सय २५ रुपैयाँ आम्दानी, १५लाख,८१ ह्जार,४६४ खर्च र २ लाख,६८ हजार,१६१ वचत रहेको छ ।
मन्दिर निर्माणका लागि देश विदेशमा रहेका विभिन्न व्यक्तिहरुबाट ११ लाख,२२ हजार,५७० रुपैयाँ स्वच्छिक चन्दा प्राप्त भएको संयोजक कार्कीले जानकारी दिए ।त्यसैगरी वन डिभिजन कार्यालय म्याग्दीबाट ४ लाख ६४ हजार, जिल्ला मालपोत कार्यालय म्याग्दीबाट रु १० हजार,बेनी नगरपालिकाको साझेदारी कार्यक्रमबाट २ लाख ३३ हजार ५५ रुपैयाँ,वालुवा विक्रिबाट रु २० हजार प्राप्त भएको थियो ।
गजुर शैलीमा निर्मांण गरिएको सो मन्दिर समथर फाँटका बीचमा रहेको विशाल जब्रो (टापु)मा निर्माण गरिएको छ । सो जब्रो तीन रोपनी क्षेत्रफलको रहेको र जब्रोको पुछारदेखि शिरानमा रहेको मन्दिरसम्म पुग्नका लागि पक्की सिंडी सहितको पदमार्ग निर्माण गरिएको छ ।
मन्दिरको चारैतिर हरियाली फाँट,फाँटको सिरानमा उडाइनो,आप्रे लगाएतका चारवटा आकर्षक झरना,मन्दिरको तलपट्टि म्याग्दी नदी, पूर्वतर्फ बेनी बजार स्पष्टरुपमा देख्न सकिन्छ ।
बेनी,हाँडेभीर,बरंजा मोटरबाटोको नजिकै रहेको सो मन्दिरसम्म पुग्नका लागि मोटरबाटोदेखि जब्रोको पुछारसम्म र त्यहाँदेखि माथि उपल्लो फाँटसम्म पुग्ने पदमार्ग निर्माणका लागि प्रदेश सांसद विनोद केसीले सहयोग गर्ने आश्वासन दिनुभएको कार्कीले बताए ।मन्दिर निर्माणसंगै बगरफाँट गाउँको सुन्दरतामा समेत थप टेवा पुगेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->