मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

वडिगाडबाट १३ थान बेवारिसे बन्दुक बरामद

वडिगाडबाट १३ थान बेवारिसे बन्दुक बरामद


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०७७, सोमबार

बागलुङ, ६ पुस– प्रहरीले बागलुङको बडिगाड गाउँपालिकाका विभिन्न स्थानबाट १३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले वडिगाड गाउँपालिकाको वडा नं. १, ३ र ९ का जंगल क्षेत्रमा भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको हो ।
बडिगाड गाउँपालिका–१ बाट ८ थान, वडा नं. ३ बाट २ थान र वडा नं. ९ को जंगलबाट ३ थान भरुवा बन्दुक फेला बारेको प्रहरी निरिक्षक विजय भण्डारीले जनकारी दिए । फेला पारेका बन्दुकहरुमध्ये एक थान बन्दुक काम नलाग्ने अवस्थाको रहेको भण्डारीले बताए ।
बडिगाड गाउँपालिका–१ टुनडाँडाको स्यानडाँडा सामुदायिक वनको रूखमुनी बन्दुक फेला परेको थियो । वडा नं. ३ सिसाखानीस्थित लग्दी खोलाको किनार र वडा नं. ९ रिस्तिस्थित कार्तिकेको जंगलमा भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले गस्तीको क्रममा बन्दुकहरु फेला पारेको प्रहरी निरिक्षक भण्डारीले बताए । प्रहरीले थप अनुसन्धान गरिरहको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->