शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

इतिहासकै उत्कष्ट प्रधानमन्त्री हुनबाट आफै हटे ओली

इतिहासकै उत्कष्ट प्रधानमन्त्री हुनबाट आफै हटे ओली


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०७७, सोमबार

पोखरा ६ पुस– प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासकै उत्कृष्ट प्रधानमन्त्री हुनबाट आफै पछि हटेको कास्की कांग्रेसका नेताहरुले बताएका छन । प्रधानमन्त्री ओलीलाई दुई वटा मार्ग रहँदा गलत मार्ग रोज्दै इतिहासकै सबैभन्दा भ्रष्ट प्रधानमन्त्री बन्न पुगेको नेताहरुको भनाइ छ ।

नेपाली कांग्रेस कास्कीले विदेशीको इशारामा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको हत्या गरेको आरोप समेत लगाएका छन । संसद विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेपछि कांग्रेसले सांकेतिक आन्दोलन गरेको कास्की कांग्रेस सभापति कृष्ण केसीले बताए । प्रधानमन्त्रीले गलतबाटो रोज्दा देश संकटमा परेको उनको भनाइ छ । पुर्वसभामुख तारानाथ रानाभाटले प्रधानमन्त्रीले संसद् विघटन गर्नु सम्पुर्ण तरिकाले अबैद्य रहेको बताए । देशलाई गद्दार गर्दै सामन्तवादि प्रवित्ति देखाएको उनको भनाइ छ । कांग्रेस नेता शुक्रराज शर्माले जनताको खातिर आन्दोलनलाई निर्णय दिने बताए । नेविसंघ जिल्ला सभापति विकास थापाले देशमा एजेन्ट छिरेको र कांग्रेसले एक एक हिसाब लिने चेतावनी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->