मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

मिलापत्रमै टुंगिन्छन् घरेलु हिंसाका घटना

मिलापत्रमै टुंगिन्छन् घरेलु हिंसाका घटना


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०७७, मंगलबार

बागलुङ, ७ पुस– बागलुङमा अंग्रेजी वर्षको पछिल्लो ११ महिनामा ४३ वटा घरेलु हिंसाका घटना भएका छन् । मानव अधिकारवादी संस्थाहरुले तयार पारेको तथ्यांक अनुसार घरेलु हिंसाको सिकार महिला तथा वालबालिका हुने गरेका छन् ।
हिंसामा परेको उजुरी आएकामध्ये २६ वटा घटनामा मिलापत्र भएको छ । सामाजिक र पारिवारिक रुपमा अन्तरबिरोध सिर्जना नहोस भनेर प्रहरीले मिलापत्र गराउने गरेको छ । घरेलु हिंसाकै ९ वटा घटना जिल्ला अदालत बागलुङमा मुद्धाको रुपमा दर्ता भएका छन् ।
पछिल्लो वर्षका कुनैपनि मुद्धाको फैसला भएको छैन् । जिल्ला अदालत बागलुङका अनुसार मुद्धाका प्रतिवादीहरु धरौटी र तारेखमा रिहा भएका छन् । पछिल्लोपटक भएका ८ वटा घरेलु हिंसाका घटना मुद्धा दर्ताको प्रक्रियामा रहेको प्रहरीको तथ्यांक छ । प्रहरीले सरकारी वकिल कार्यालयको सहायतामा मुद्धा तर्दा गर्ने गरेको छ ।
अघिल्लो वर्षको तुलनामा यो बर्ष बागलुङमा मानव अधिकार हननका घटनामा कमी आएको छ । कोरोना महामारीका कारण भएको लकडाउन र त्यस यता कोरोनाले पारिरहेको प्रभावका कारण घटनामा कमी आएको सरोकारवाला बताउँछन् । गत वर्ष सोही अबधिमा बागलुङमा १ सय ११ वटा मानब अधिकार हननका घटना भएका थिए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले तयार पारेको तथ्यांक हेर्ने हो भने यो वर्ष ६६ वटा घटना भएका छन् । जसमध्ये सबैभन्दा धेरै घरेलु हिंसाका घटना छन् । ‘महामारीको समयमा घरेलु हिंसा थप बढेका छन्, तर खुलेर आएनन्’ इन्सेक बागलुङका प्रतिनिधि सिर्जना पन्त भन्छिन् ‘यो समय बिषेश गरी महिला र बालबालिकाका लागि सकसपूर्ण रहयो ।’
बाल अधिकार उल्लंघनका घटना मात्रै ६ वटा भएका छन् । बलात्कार तथा यौन दुव्र्यवहारका ४, बालबिबाह १, अपहरण तथा शरीर बन्धक १, बलात्कार ३, बैबाहिक बलत्कार १, बलात्कार प्रयास २, बहुबिबाह ४, परिवारजनबाट हत्या १, सामाजिक तथा सांस्कृतिक अधिकारको उल्लंघन १, राजनीतिक अधिकार ४ र गाली बेइज्जतीका १ घटनाको उजुरी प्रहरीको परेको तथ्यांक छ ।
‘मानव अधिकारको रक्षा र प्रयोगका लागि नागरिक आँफै सचेत हुन जरुरी छ’ प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले भने ‘जिल्लामा भएका मानव अधिकार उल्लंघनका घटनालाई कम गर्ने प्रयास भैरहेको छ ।’ मानवअधिकार वर्ष पुस्तकका लागि तयार भएको तथ्यांकमा आत्माहत्या दुरुत्साहन र लकडाउनका बेला भएका खान, लाउन र बस्न पाउने अधिकार उलंघनका घटनाको भने तथ्यांक समाबेश छैन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा नेकपा बागलुङका सह–इन्चार्ज मन कुमारी केसी, नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरे, नेपाली कांग्रेस बागलुङका सभापति दिपेन्द्र थापा, प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठ, अन्तरपार्टी महिला सञ्जालका संयोजक कुशुम बुढालगायतले सुझाव राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->