शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पिएनमा ओलीको पुत्ला जल्यो

पिएनमा ओलीको पुत्ला जल्यो


  • ढोरपाटन संबाददाता
  • पुष १० २०७७, शुक्रबार

पोखरा, १० पुस- प्रधानमन्त्री केपी ओलीको विरोध गर्दै पोखरामा बिहीबारसमेत पुत्ला जलाइएको छ । विभिन्न विद्यार्थी संगठनले संयुक्त रुपमा आन्दोलन गर्दै प्रधानमन्त्रीको पुत्ला जलाएका हुन । उनीहरुले प्रधानमन्त्री केपी ओलीको अतिवादी सोचले लोकतन्त्र धरापमा परेको जिकिर पनि गरे । विद्यार्थीहरु आक्रामक नारा र व्यवहारसहित प्रदर्शनमा आउँदा पनि पनि ठूलो झडप भने भएन । यसपटकको प्रदर्शनमा प्रहरीले संयमता अपनाउँदै आएको छ ।
‘हामी शान्तिपूर्ण तरिकाले जान चाहन्छौँ, संयमता अपनाइ रहेका छौँ । जिल्ला अधिकारी, एसपी साप लगायतको बैठले नै हामीलाई दिएको निर्देशन अनुसार हामी चल्छौँ’,जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले भने । नेकपा निकट अनेरास्ववियू, समाजवादी पार्टी निकट विद्यार्थी संगठनले संयुक्त रुपमा आन्दोलन गरेका हुन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->