शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

मेयर जिसीको जोड सुशासनमै !

मेयर जिसीको जोड सुशासनमै !


  • ढोरपाटन संबाददाता
  • पुष १० २०७७, शुक्रबार

पोखरा, १० पुस- पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले वडाहरुले खेप्दै आएको आर्थिक व्यवस्थापनको समस्या केही दिनभित्रै समाधान हुने बताएका छन् । महानगरले वडाहरुलाई आफ्नै खाता संचालनको अनुमति दिए पनि त्यसको कार्यान्वनय नभएको अवस्थामा मेयर जिसीको भनाई आएको हो । उनले महालेखा परिक्षकको कार्यालय र राष्ट्र बैंकले महानगरका वडाहरुमा खाता सन्चालनको अनुमति दिइसकेको बताए ।

बिहीबार महानगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा बोल्दै गर्दै मेयर जिसीले स्वच्छ प्रणालीको विकास गरी वडा कार्यालयहरुका समस्या समाधान गर्ने कार्यमा आफू लागिपरेको बताए । उनले सुशासनको प्रत्याभूत हुने गरी काम गर्न वडाध्यक्ष र सचिवहरुलाई आग्रहसमेत गरे ।
कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जनताका काममा भएको ढिलासुस्तीमा प्रशासनलाई मात्र दोष दिन नहुने बताए । कतिपय अवस्थामा एउटा कर्मचारीले हेरिरहेको फाइल अरु कर्मचारीले हेर्न नमिल्ने भएकाले पनि विदा वा अन्य कुनै कारण कर्मचारी उपस्थित हुन नसक्ने अवस्थामा सेवाग्राहीको काममा ढिलाइ हुनसक्ने उनको भनाई थियो । सहरी योजना आयोगका उपाध्यक्ष डा. आरसी लामिछानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->