पोखरा, ११ पुष– जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजना भएको बल प्रयोग सिद्धान्त तथा हातहतियार प्रयोग विशेष अनुशिक्षण तालिम सम्पन्न भएको छ ।
७ मंगलबार देखि सुरु भएको पाँच दिने तालिम शनिवार सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख डिएसपी जीवन कुमार श्रेष्ठले तालिममा सहभागी कास्की मातहातका प्रहरी हवल्दा, प्रहरी जवान गरी ३० जना प्रहरीलाई प्रमाणपत्र प्रदान गरेका थिए । तालिममा सिकेका कुरालाई व्यवहारमा समेत उतार्न उनले आग्रह गरे ।





