पोखरा,१२ पुष–पोखराको पर्यटकीय गन्तव्यको रुपमा रहेको विश्व शान्ति स्तूप आइतवार देखि पर्यटकको लागी खुल्ला भएको छ । कोरोना भाइरसको कारण १० महिना देखि बन्द रहेको शान्ति स्तूप स्वास्थ्य मापदण्ड अपनाई खुल्ला गरिएको हो ।
धार्मीक पर्यटकीय स्थल तालबराही, विन्ध्यवासिनी मन्दिर पछि स्तूप खुल्ला गरिएको हो । खुल्ला गरिएको पहिलो दिन नै करिब पाँच सय बढि पर्यटक स्तूप पुगेका थिए ।





