शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

गण्डकीका मुख्यमन्त्री गुरुङलाई जनमोर्चाको समर्थन, सरकार परिवर्तन नहुने

गण्डकीका मुख्यमन्त्री गुरुङलाई जनमोर्चाको समर्थन, सरकार परिवर्तन नहुने

६० सदस्यीय गण्डकी प्रदेशसभामा अव ओलि समुहका २७, प्रचण्ड माधव समुहका १३, नेपाली काँग्रेसका १५ जना, जनमोर्चाका ३ जना र जनता समाजवादीका २ साँसद छन् ।


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०७७, सोमबार
फाईल तस्विर

पोखरा, १३ पुस – राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने कदमको विरोध गर्दै प्रदेश सरकारलाई दिएको आफ्नो समर्थन भने यथावत राख्ने निर्णय गरेको छ । अध्यक्ष चित्र वहादुर केसीले विज्ञप्ति जारी गर्दै यस्तो वताएका हुन् । जनमोर्चाको यो निर्णयसंगै गण्डकी प्रदेश सरकारको आयु पनि थपिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजित भएपछि गण्डकी प्रदेश सरकार धरापमा परेको थियो । प्रदेशसभामा नेकपाका ४० साँसद मध्ये १३ साँसद प्रचण्ड-माधव समुहमा लागेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अल्पमतमा परेका थिए । यही जोडघटाउको विचमा रहेका गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारलाई जनमोर्चाले दिएको समर्थन यथावत रहने राष्ट्रिय जनमोर्चाका केन्द्रिय परिषद सदस्य तथा प्रदेश आन्तरिक मामिला समितिका सभापति कृष्ण थापाले वताए । जनमोर्चाका नेता थापाले भने, ‘संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलिको कदमलाई विरोध गर्ने तर गण्डकी प्रदेश सरकारलाई समर्थन गर्ने हाम्रो निर्णय भएको छ ।’
गण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको नेतृत्व गरिरहेका छन् । नेकपा विभाजन भएर गण्डकी सरकारमा पनि अविश्वासको प्रस्ताव आएमा वा अर्को समूहले साथ छाडेमा मुख्यमन्त्रीलाई विश्वासको मत जित्न गाह्रो पर्ने सबैको अनुमान थियो । तर जनमोर्चाले सरकारलाई समर्थन गर्ने भएपछि गुरुङ नेतृत्वको सरकार बलियो प्रदेश सरकार वनेको छ । अहिले नेकपा ओली समूहबाट गण्डकीमा २७ जना साँसद छन् । जनमोर्चाले साथ दिँदा ओली समूहका मुख्यमन्त्री गुरुङको नेतृत्वमा ३० जना साँसद हुनेछन् ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा अव ओलि समुहका २७, प्रचण्ड माधव समुहका १३, नेपाली काँग्रेसका १५ जना, जनमोर्चाका ३ जना र जनता समाजवादीका २ साँसद छन् । अविश्वासको प्रस्ताव दर्ता गराउन एक चौथार्इ साँसद संख्या चाहिन्छ । काग्रेस अहिले नै प्रदेशसभामा अविश्वासको प्रस्ताव ल्याउने सोचमा नभएको कांग्रेस संसदीय दलका सचेतक मणिभद्र शर्माले वताए ।
गण्डकी प्रदेशमा नेकपाको प्रचण्ड- नेपाल समूहले पनि तत्काल वर्तमान सरकारबाट नहट्ने संकेत गरेको छ । कानुनमन्त्री हरिबहादुर चुमानले तत्काल सरकारबाट हट्ने विषयमा छलफल नभएको बताए । यो समुह सरकारबाट हटेमा जनमोर्चा सरकारमा जाने सम्भावनाको ढोका खुलेको छ । जनमोर्चाले प्रदेश सरकारमा सहभागी हुनलाई पार्टी निर्णय गरेर वाटो खोलेको छ ।
प्रदेश १ र बागमतीमा प्रचण्ड-माधव नेपाल पक्षले अविश्वासको प्रस्ताव ल्याए पनि गण्डकीमा त्यस्तो नहुने आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताए । ‘गण्डकीमा यही सरकार यथावत रहन्छ । उहाँहरुको विरोध संघलाई हो, प्रदेशलाई होइन,’ गुरुङले भने, ‘यहाँ अहिलेकै सरकारलाई बहुमत पुग्ने निश्चित छ ।’
गण्डकी प्रदेश सरकारमा कानुनमन्त्री चुमान र कृषि मन्त्री लेखबहादुर थापा प्रचण्ड-माधव समुहका हुन् । प्रदेशसभामा अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला पनि यही समुहका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->