शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

हिमाल छ, हिउँ छैन

हिमाल छ, हिउँ छैन


  • ढोरपाटन संवाददाता
  • पुष १६ २०७७, बिहिबार

पोखरा, १६ पुस– माछापुच्छे« हिमालमा हिँउ नदेखेपछि वायूमण्डलीय विज्ञानका अध्येता अरनिको पाण्डेले भने,‘कार्बनडाइअक्साइडले हिउँ पगाल्छ । साथै दक्षिण एसियामा धेरै उत्पादन हुने ब्ल्याक कार्बनको पनि यसमा भूमिका छ ।’
नेपाल साहित्य महोत्सवको नवौं संस्करणअन्तर्गत दोस्रो दिन ‘जलवायु परिवर्तन र भविष्य’ शीर्षकमा बुधबार बोल्दै उनले ४०÷४५ वर्षअघि माछापुच्छ«ेबाट हिमनदी बग्ने गरेको र हाल ती नदी बाँकी नरहेको उनले सुनाए । ‘नेपालका अन्य हिमाली भेगतिर पनि कति खेर हिउँ पग्लन्छ । नदी र ताल बढ्छन् । बाढी आउँछ निश्चित छैन,’ उनले भने, ‘यहाँ हिउँ मात्र पग्लने हुँदैन, त्यसले खेतीकिसानीमा, खाने पानीमा, वर्षामा असर पुग्छ ।’
डा. महेश्वर ढकालले नेपालदृ जलवायू परिवर्तन र त्यसको प्रभाव न्यूनीकरणका लागि सन् २०१० देखि सक्रियता जनाए पनि काम भने कम भएको बताए । देश संघीयतामा गएपछि नीति कार्यान्वयनका कसरी गर्ने भन्ने विषयमा चाहिँ प्रस्ट नभएको बताए ।
वातावरण संरक्षण अभियन्ता शिलशिला आचार्यले भने जलवायु परिवर्तनलाई अन्तर्राष्ट्रिय मुद्दाका रूपमा मात्र हेरिनुलाई समस्याका रूपमा व्याख्या गरिन् । समस्या समाधानका लागि सरकार र आम मानिस सँगसँगै रहनुपर्ने उनको बुझाइ छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->