बागलुङ, २० पुस – बागलुङ नगरपालिका वडा नं. २ का एक बालक दश दिनदेखि बेपत्ता भएका छन् । बानपा–२ का दुर्गा बिकका १४ वर्षका छोरा रोशन पुरानो सिनेमा रोडदेखि बेपत्ता भएको परिवारका सदस्यले बताए । पुस ९ गते घरबाट निस्केपछि अहिलेसम्म घर नफर्केपछि परिवारका सदस्यले खोजी गरिदिन प्रहरी र स्थानीय बासिन्दासँग पनि आग्रह गरेका छन् । ती बालक कन्यामन्दिर माबिको कक्षा १० मा अध्ययरत रहेको बुझिएको छ ।





