मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

घाईते चितुवा उपचार नपाएर म-यो

घाईते चितुवा उपचार नपाएर म-यो


  • ढोरपाटन संवाददाता
  • पुष २१ २०७७, मंगलबार

बागलुङ, २१ पुस– जैमिनी नगरपालिका–१ कुश्मीसेराबाट आइतबार बेलुकी नियन्त्रणमा लिइएको चितुवा उपचारको तयारी गर्दागदै डिभिजन वन कार्यालय बागलुङ मरेको छ । सोमबार बागलुङ ल्याइएको चितुवालाई उपचारका लागि चितवन पठाउने तयारी थियो । ‘गम्भिर घाईते अवस्थामा रहेकाले अवस्था हेरेर मंगलबार बिहान चितवन पठाउने तयारीमा थियौं, तर रातीनै चितुवा मर्यो’ वन अधिकृत मुकुन्द्रप्रसाद अधिकारीले भने ‘अब प्रक्रिया पुरा गरेर गाड्ने तयारीमा छौं ।’ घाइते र बिरामीजस्तो देखिने उक्त चितुवा उपचारका लागि सौराहस्थित वन्यजन्तु अस्पताल पठाउने तयारी थियो ।
बागलुङस्थित भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रमा वन्यजन्तुलाई बेहोस पार्ने औषधि नभएपछि सौराहा पठाउनु पर्ने अवस्था आएको थियो । औषधिकै अभावका कारण चितुवाले समयमा उपचार नपाउँदा मरेको हो । ‘वन्यजन्तु भएकोले सामान्य रुपमा उपचार संभव थिएन्, बेहोस नभएसम्म उपचार गर्न सकिंदैन’ अधिकारीले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->