मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

महासंघलाई बिदेशबाट प्रोजेक्टर र नगद सहयोग

महासंघलाई बिदेशबाट प्रोजेक्टर र नगद सहयोग


  • ढोरपाटन संवाददाता
  • पुष २२ २०७७, बुधबार

बागलुङ, २२ पुस– ‘हामि सबैको रहर, पत्रकार महासंघको घर’ पत्रकार महासंघ बागलुङ शाखाको वर्तमान कार्यसमितिको पहिलो बैठकले निर्णय गरेर थालेको अभियान हो यो । झोलामा महासंघको कार्यालय बोक्नुपर्ने बाध्याबाट मुक्तिका लागि अघिल्ला कार्यसमितिहरुको पहलमा प्राप्त जग्गामा सदरमुकाम बागलुङ बजारमा पत्रकार महासंघको आफ्नै भवन ठडिएको छ ।
सहयोगकै भरमा झण्डै एक करोड रुपैयाँ खर्चेर बनाईएको भवनमा अहिले सुविधसम्पन्न सूचना केन्द्र, तालिम कक्ष, सभाहल लगायतका संरचना निर्माणको काम चलिरहेको छ । पत्रकार महासंघको भवन निर्माण र त्यहाँ बनेका संरचनाका लागि देशबाट मात्रै होईन बिदेशमा रहेका नेपालीको समेत ठुलो सहभागिता छ । घर बनेर उद्घाटन भैसकेपछि पनि सहयोग गर्ने अभियान भने रोकिएको छैन् ।
‘आधुनिक सूचना केन्द्र सञ्चालनमा ल्यायौं, अव हामि सुविधा सम्पन्न तालिमक कक्ष बनाउने अभियानमा छौं’ अध्यक्ष दिल शिरिषले भने ‘सदरमुकाममा सुविधासम्पन्न सभाहल महासंघले निर्माण गर्ने छ ।’ तयार भएको हलभित्र आवश्यक पूर्वाधार निर्माणको काम बाँकि छ । प्रभु बैंकको सहयोपगमा निर्माण भएको आधुनिक सूचना केन्द्रका लागि पाँच लाख खर्च भएको छ ।
सौर्य उर्जा तथा बिद्युत नभएको बेला चल्नेगरी व्याकअपको व्यवस्था गर्न बाँकी छ । त्यसका लागि समेत महासंघले मनकारीहरु खोजिरहेको छ । महासंघको अभियानका लागि बिदेशमा गठन भएका नेपालीहरुका संगठनहरुले आफ्नो फजुल खर्च कटाएर सहयोग गर्ने क्रम जारी छ । मंगलवार अन्तराष्ट्रिय बागलुङ समाजले आधुनिक तालिम कक्षमा आवश्यक प्रोजेक्टर सहयोग गरेको छ ।
झण्डै ५० हजार मुल्य पर्ने प्रोजेक्टर समाजका महासचिव देव पौडेलले हस्तान्त्रण गरे । ‘हाम्रो सहभागिता मात्रै हो, सानो भएपनि सहयोग गरौं भन्ने लागेर प्रोजेक्टर बोकेर आएँ’ पौडेलले भने ‘विस्तार हुँदै गरेको संगठनको मायाँ भनेर बुझ्नु होला ।’ सामान्य फर्निचरको लागि समेत महासंघ आँफै सँग स्रोत हुँदैन् ।
सभाहलमा ध्वनीको व्यवस्थापन र फर्निचरको लागि बागलुङ समाज बेल्जियले सहयोग गरेको छ । समाजका अध्यक्ष राजु थापाले समाजको तर्फबाट २० हजार रुपैयाँ सहयोग गरे । ‘कत्रो सौहार्दता, समाजिक मनहरुकै कारण आज हामि सबैको साझा घर बनेको छ, अव यहाँ बन्ने अन्य संरचनाले सबैलाई सहज हुन्छ’ सचिव राम थापा अविलर भन्छन् ‘हामि थाकेका छैनौं, सहयोगी मनहरुले उर्जा थपिरहनुभएको छ ।’ महासंघले सरकारी निकाय, संघ संस्था, व्यक्ति र समुहको सहयोगमा करोड बढी खर्च गरेर आधुनिक भवन र त्यसभित्र सूचना केन्द्र, सभाहल, तालिमक कक्षको निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->