शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

शिवालय माविको ६० औँ वार्षिकोत्सव

शिवालय माविको ६० औँ वार्षिकोत्सव


  • ढोरपाटन संवाददाता
  • पुष २२ २०७७, बुधबार

पोखरा, २२ पुस– कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मङ्गलबार सम्पन्न भएको छ । सो अवसरमा विद्यालयको विकासमा सहयोग गर्ने ५ जनालाई शिवालय वर्ष सम्मान २०७७ प्रदान गरिएको थियो ।
सम्मानित हुनेहरुमा शिक्षक धनबहादुर गुरुङ, पूर्व अध्यक्षद्वय तिलबहादुर थापा र हिराप्रसाद सुवेदी, शिक्षक–अभिभावक सङ्घकी पूर्व अध्यक्ष लीला ओझा र समाजसेवी हिमलाल ढुङ्गाना रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शिवालयले रुपा गाउँपालिकाको उत्कृष्ट विद्यालयका रुपमा पहिचान बनाएको बताए । कोभिड–१९ का बिचमा पनि प्रभावकारी पठनपाठन सञ्चालन गरेकोमा प्रशंसा गर्दै उनले विद्यालयको विकासका लागि गाउँपालिकाले जुनसुकै सहयोग गर्ने बताए ।
गाउँपालिकाकै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सन्दिप पौडेलले शिवालयको शैक्षिक प्रगति सबैले देख्न सक्ने गरी अघिबढेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीले शिवालय माविलाई शैक्षिक र भौतिक दुवै ढङ्गले उत्कृष्ट बनाउनेतर्फ आफूहरु लागिपरेको बताए । सो अवसरमा वडा नं. २ की कार्यवाहक वडा अध्यक्ष हिता रुपाखेती,पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार तिलबहादुर थापा, सल्लाहकार बलबहादुर गुरुङलगायतले शुभकामना दिएका थिए ।
शैक्षिक सत्र २०७६ का उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कारका साथै विभिन्न अक्षयकोषबाट प्राप्त छात्रवृत्ति वितरण गरिएको कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावीले शैक्षिक प्रतिवेदन तथा लेखापाल पूर्णबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । शिक्षक जयराम सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक ऋषिराम ओझाले स्वागत मन्तव्य तथा शिक्षिकाहरु शान्ता तिमल्सेना, शोभा तिवारी र लक्ष्मी न्यौपानेले स्वागत गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->