बागलुङ, २३ पुस– मृगौला पिडित सुशिला पुनलाई बचाउन परिवारका सदस्यले सहयोगको याचना गरेका छन् । निसीखोला गाउँपालिका वडा न.ं १ की ३३ वर्षिय सुशिला पुनको २ वटै मृगौलाले काम गर्न छाडेपछि दुई वर्षदेखि थालिएको र उपचारमा धेरै खर्च लागेपछि परिवारका सदस्यले सहयोग खोजेका हुन् ।
पुनका परिवारले पाल्पा, भैरहवा र पोखरामा उपचार गर्दा अहिलेसम्म ८ लाखबढी खर्च गरिसकेका छन् । तर आर्थिक अवस्था कमजोर भएकोले सहयोग माग्न बाध्य भएको पुनका दाइ भक्तबहादुर पुनले बताए ।
विवाहित भएपनि पुनका श्रीमानले वर्षौअघिनै छाडेका थिए । एक्लिएकी पुन माइतीको आश्रयमा बस्दै आएकी थिइन् । दुइ वर्षअघि भक्तबहादुरले पाल्पास्थित युनाइटेड मिसन अस्पतालमा उपचारका लागि लगेका थिए । त्यहाँ नभएपछि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा पठाएको थियो । त्यहाँ पनि नभएपछि पोखरास्थित मणीपाल शिक्षण अस्पतालमा गत वर्षको फागुनदेखि उपचाररत छिन् ।
पुनको उपचारका लागि मासिक ३० हजार रुपैयाँ खर्च भैरहेकोले परिवारका सदस्यले धान्नै नसकेको गुनासो गरे । उनको उपचारमा सहयोग जुटाउन उनीहरुले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक आब्हान गरेका हुन् । महासंघका अध्यक्ष दिल शिरीष र नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेश थापाले उनीहरुको अभियानमा साथ दिएका थिए ।





