बागलुङ, २३ पुस– ढोरपाटन दैनिक तथा ढोरपाटन न्युज डटकमका कार्यकारी सम्पादक रामकृष्ण बोहरालाई मातृ शोक परेको छ ।
बोहराकी ६५ बर्षिया आमा भूमली बोहराको बुधबार साँझ आफ्नै निवासमा मृत्यु भएको हो । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको घरमै हृदयघात भएकी बोहराको धौलागिरी अस्पताल बागलुङ पु¥याउँदा मृत्यु भैसकेको अस्पतालले जनाएको छ । स्वास्थ्य अवस्था सामान्य रहेकी उनको अचानक हृदयघातका कारण मृत्यु भएको हो ।
कार्यकारी सम्पादक बोहरा सहित भूमलीका तीन सन्तान छन् । उनको बिहिबार बिहान बागलुङ नगरपालिका वडा न. १ निरहेघाटमा दाहसंस्कार गरिएको छ । बोहराको मृत्युमा दुःख व्यक्त गर्दै ढोरपाटन दैनिक र अनलाईन संस्करणले परिवारजनमा समबेदना प्रकट गरेका छन् ।





