मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

‘मानवअधिकारको बिषय बिद्यालयबाटै पढाऔं’

‘मानवअधिकारको बिषय बिद्यालयबाटै पढाऔं’


  • ढोरपाटन संवाददाता
  • पुष २४ २०७७, शुक्रबार

बागलुङ, २४ पुस– पछिल्लो समयमा बढ्दो मानवअधिकार हनन्का बिषय न्युनिकरणकालागि बिद्यालयतहबाटै पाठ्यक्रम बनाएर सिकाउनुपर्ने सरोकारवालाले बताएका छन् ।
उनीहरले अधिकार संरक्षण तथा नागरिकको कर्तव्य बारेमा पनि बिद्यालयतहबाटै सिकाइ हुनुपर्नेमा जोड दिएका छन् । अमृत आदशृ एकेडेमी बागलुङको कानून संकायमा अध्ययन गर्ने बिद्यार्थीहरुले बिहिवार आयोजना गरेको ‘मानवअधिकार संरक्षणमा सरोकारवालाको भूमिका’ बिषयक एक छलफल तथा अन्तरक्रियामा उनीहरुले अधिकार सँगै दायित्वबोध र कर्तव्य बारे सबै नागरिकले बुझ्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा सहभागि भएका जिल्ला न्यायाधिवक्ता लालप्रसाद लामिछानेले कानूनको अनवविज्ञता कसैलाईपनि क्षम्य नहुने भएकोले बिद्यालय तहमा कानूनी संकायको पढाइ हुनुनै राम्रो भएको उनको भनाइ छ । साथै आम नगरिकमा पनि कानूनी साक्षरताको जागरण अभियान चलाउनुपर्ने आवस्यकता पनि सहभागिले औल्याएको बिद्यालयका शिक्षक रामप्रसाद घिमिरेले बताए ।
बिद्यालयकी कानून संकायकी छात्रा मनिषा बिकको अध्यक्षता, कृति थापा र शुभेच्छा पन्तको संचालन तथा प्रिन्सिपल भूपेन्द्र केसीको स्वागतमा सम्पन्न कार्यक्रममा महिला अधिकारकर्मी शकुन्तला शर्मा, हुमाकुमारी जिसी, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, संकल्प फाउण्डेसन गण्डकीकी अध्यक्ष साबित्री खड्का, धौलागिरी बहुमुखी क्याम्पस स्ववियु सभापति मनिष थापा, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेशचन्द्र प्रधान, शिक्षक रामप्रसाद घिमिरे, अभिभावक भक्तबहादुर बिक लगायतले मानवअधिकारको बिषय सबैले जान्नैपर्ने र समयमै बिद्यालयमा सिकाउनुपर्ने बिषय भएको बताएका थिए । धौलागिरी क्षेत्रमै यो बिद्यालयले मात्रै कानून संकायमा कक्षा ११ र १२ को पढाइ संचालन गर्दै आएको छ । यहाँ १ सय ५० बढी बिद्यार्थी यो संकायमा अध्ययनरत छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->