मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बलेवाको बालप्रभा प्राविलाई रोट्रयाक्टको सहयोग

बलेवाको बालप्रभा प्राविलाई रोट्रयाक्टको सहयोग


  • ढोरपाटन संवाददाता
  • पुष २४ २०७७, शुक्रबार

बागलुङ, २४ पुस– सामाजिक कार्यमा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङको बलेवा स्थित एक बिद्यालयलाई २ लाख बरावरको शैक्षिक सामाग्री प्रदान गरेको छ ।
क्लवले जाडोमा न्यानो कार्यक्रम अन्तरगत बलेवाको पैयुपाटा स्थित बालप्रभा प्राविमा अध्यनरत ५५ जना बिद्यार्थीलाई सुइटर र टोपी तथा शैक्षिक सामाग्री अन्तरगत बिद्यार्थीलाई कपि पेन्सील तथा बिद्यालयलाई १÷१ थान कम्प्युटर, रंगिन फोटोकपि मेसीन, प्रोजेक्टर, सिसी क्यामेरा, पेनड्राइफ र पुस्तकालयका लागि पुस्तक प्रदान गरेको हो ।
बलेवा जापान एकता समाज, रोटरी क्लव अफ बागलुङ, स्वर्गिय हजुरवावा दिव्यधर आचार्यको सम्झनामा नाती प्रशान्त आचार्य, क्लवका पूर्व अध्यक्ष लगाएत बिभिन्न व्यक्ति तथा पुस्तक पसलको सहयोगमा सामाग्री बिद्यालय र बिद्यार्थीलाई हस्तान्तरण गरेको क्लवले जनाएको छ ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका वडा नम्वर १३ का अध्यक्ष तथा रोटरी क्लव अफ बागलुङका संस्थापक सहसचिव नारायण शर्मा पौडेलले स्वार्थ भन्दा माथि उठेर सेवा गरौ भन्ने नारालाई आत्मसाथ गर्दै क्लवले बिद्यालयलाई गरेको सहयोग उदाहरणिय भएको बताए ।
उनले सामाजिक भावले निस्वार्थ रुपमा क्लवले बिभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराउँदै क्लवको हरेक काम एवँ कार्यक्रमका लागि सक्दो सहयोग गर्ने र सहकार्य गर्दै अगाडि बढ्ने बताए । कार्यक्रममा रोट्रयाक्ट क्लव अफ बागलुङका अध्यक्ष ताराप्रसाद शर्माले मंतव्य व्यक्त गरेका थिए । कार्यक्रमका वारेमा क्लवका आगामि अध्यक्ष शिवबहादुर केसीले जानकारी गराए । कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनराज पाध्याको अध्यक्षता, प्रधानाध्यापक महेन्द्र अधिकारीको स्वागत र शिक्षक सागर रिजालको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->