मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

काठेखोलाका बिपन्न समुदायलाइ बाख्रा बितरण

काठेखोलाका बिपन्न समुदायलाइ बाख्रा बितरण


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०७७, शनिबार

बागलुङ, २५ पुस– दलीत समुदायका विपन्न परिवारको आर्थिक विकासकालागि काठेखोला गाउँपालिकाले बाख्रा वितरण कार्यक्रम सुरु गरेको छ ।
आर्थिक अवस्था कमजोर रहेका दलीत परिवारलाई व्यवसायिक बाख्रा पालनमा उत्प्रेरीत गर्नकालागि बीउ पुजीमा बाख्रा वितरण गर्न थालिएको हो । शुक्रबार काठेखोला गाउँपालिका वडा नं. ६ का ८ परिवारका लागि बाख्रा वितरणको सुरुवात गरिएको कार्यपालिका सदस्य टिका संगम बिकले बताए । दलीत समुदायका विपन्न परिवारलाई बाख्रा वितरण गर्दै गाउँपालिका अध्यक्ष अमर थापाले दलित समुदायमा शशक्तिकरण सँगै आर्थिक बिकासका कृयाकलाप सञ्चालन गर्न आवश्यक रहेको बताए ।
स–साना उद्यम र कृषि तथा पशुपालनबाट समेत आयआर्जन हुने भएकाले त्यस्ता व्यवसायमा जोडिन उनले आग्रह गरे । स्थानीय सरकारले न्युनबर्गिय समुदायकालागि सधैं साथ दिने उनको भनाई थियो । यो कार्यक्रम अन्तर्गत काठेखोला गाउँपालिकाका ८ वडामा ८ परिवारका दरले ६४ परिवारलाई बाख्रा वितरण गरिने छ । कार्यक्रममा गाउँ कार्यपालिका सदस्य हेमलाल बिक, वडा सदस्य, लिलाधर ढुंगाना, युवा समाजसेवी गणेश नेपाली लगायतले बोलेका थिए । कार्यपालिका सदस्य तथा स्थानीय दलित समन्वय समिति संयोजक सुन्तली बिकको अध्यक्षता, वडा सदस्य सम्झना बोहराको स्वागत र टिका संगम बिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->