मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

सहकारीहरु उत्पादनमूखी भएनन् : नगरप्रमुख पौडेल

सहकारीहरु उत्पादनमूखी भएनन् : नगरप्रमुख पौडेल

मातृभूमि सहकारीको १२ औं साधारणसभा ।


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०७७, शनिबार

बागलुङ, २५ पुस– बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सहकारीहरु ऋण र बचतकालागि उपयोगी भएपनि उत्पादनमुखी नभएको बताएका छन् ।
सरकारले अर्थतन्त्रको तेस्रो खम्बा भनेपनि अहिले सम्म समृद्धि र उत्पादनकालागि सहयोगी बन्न नसकेको टिप्पणी समेत गरेका छन् । शनिवार आयोजित मातृभूमी बहुउद्धेश्यीय सहकारी संस्थाको १२ औं साधारणसभामा बोल्दै पौडेलले अझैपनि सहकारीले करछल्नेगरी बचत राखिदिने काममा लागेको समेत बताए । उनले सहकारीलाईपनि जनमुखी काम गर्न पनि सुझाव दिएका थिए । नगरपालिकामा अझै दक्ष कर्मचारी अभावमा सहकारी क्षेत्र नियमन गर्न कठिन भैरहेको उनको भनाइ थियो ।
कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायले सहकारीहरु गरिबी निवारणको माध्यम बनेको भन्दै सहकारीले रोजगारी, शेयर सदस्यको क्षमता बिकास र व्यवसायिक लगानीमा साथ दिएको बताए । उनले क्याम्पसबाट बचेको समय दिएर सल्लाहकारको योगदान गरेको समेत बताए ।
सहकारीका अध्यक्ष गुणराज पौडेलको अध्यक्षता, लेखा समिति संयोजक टिकाराम सापकोटाको स्वागत र सचिव रामप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । उक्त अबसरमा नेपाल पत्रकार महासंघकी सल्लाहकार कोपिला कंडेल, लेखासमिति संदस्य माया पाण्डे लगायतले मन्तव्य राखेका थिए । सहकारीमा ३ सय ५१ शेयर सदस्य छन् । गत बर्ष सम्म सहकारीले ८ करोड ६९ लाख ५६ हजार निक्षेप संकलन गरेकोमा चालु आर्थिक बर्ष ११ प्रतिशतले वृद्धि भइ ९ करोड १२ लाखको कारोवार गरेको बताइएको छ । संस्थाले १३ करोड ८६ लाख ४३ हजारको कारोवार गरेको बताइएको छ । लकडाउन र कोरोना कहरले घटेको कारोवार आगामी बर्ष बढाउने लक्ष राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->