मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

वडिगाडमा हिउँदेसभामा पनि योजना छनौट

वडिगाडमा हिउँदेसभामा पनि योजना छनौट


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०७७, सोमबार

बागलुङ, २७ पुस– बडिगाड गाउँपालिकाले हिउँदे गाउँसभाबाटपनि योजना छनौट र बजेट बिनियोजन गरेको छ । कानुन बनाउनकालागि हुने गाउँसभाले अघिल्लो आर्थिक बर्षको बाँकी बजेटलाई योजनाहरुमा बाँडफाँड गरेको हो ।
चालु आर्थिक वर्षको मध्यअवधीमा ६ वटा योजनाकोलागि साढे तीन करोड रुपैयाँ बाँडफाँड गरिएको हो । गत आर्थिक बर्ष २०७६÷०७७ को ३ करोड ५२ लाख रुपैंयाँबाट चालु आर्थिक बर्षमा सम्पत्तिको रुपमा जम्मा गरेर सडक, कृषि र शिक्षा क्षेत्रका ६ वटा योजनामा बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले बताए ।
गाउँपालिकाले आठौँ गाउँसभा मार्फत अत्यावश्यक योजनाहरुमा रकमान्तर गरेर बजेटको व्यवस्था मिलाएको छ । आर्थिक बर्षको आधा अबधि सकिँदा समेत काम नभएका र सम्झौतागर्न नआएका योजनाहरुलाई ताकेता समेत रिएको उनले बताए । गाउँसाभाले भलामी सिसाखानी मोटरवाटो निर्माणको लागि २५ लाख, ग्वालीचौर छहरा दिपायर सडककोलागि २० लाख, भिमगिठे गोठान सडककोलागि १५ लाख रुपैयाँ विनियोजन गरेको सूचना अधिकारी थम्मन बहादुर रेश्मीले जानकारी दिए । त्यस्तै गाउँसभाले कृषि तथा पशु सेवा तर्फ १ करोड ३५ लाख, स्वास्थ्य तर्फ ५० लाख र शिक्षा तर्फको ५० लाख बजेटलाई वाँडफाँड गरेको हो । कृषि तथा पशुपालनका योजनाबाट किसानलाई बीउ पूजी र तालिम तथा प्रबिधिको हस्तान्तरण हुने छ । ‘हामी कृषिमा आत्मनिर्भर बन्न चाहन्छौं, बजेट अधिबेशनका बेला छुटेका क्षेत्र समेत हिउँदे अधिबेशनबाट समेट्न खोजीएको छ’ अध्यक्ष पाईजाले भने ‘अत्यावश्यक सडकमा लगानी हुने छ, बाँकी अघिल्लो बर्ष बँचेको प्रयोगगर्न मिल्ने बजेट कृषि र शिक्षा तथा स्थास्थ्य क्षेत्रमा खर्च हुने छ ।’
त्यस्तै लक्षित वर्ग तर्फ महिला तथा बालवालिकाको लागि ११ लाख रुपैयाँ बिनियोजन भएको छ । गाउँसभाले तत्काल कार्यबिधि बनाएर लक्षित बर्गका कार्यक्रमहरु सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । जनजातीको लागि ७ लाख, दलितको लागि ५ लाख, ज्येष्ठ नागरिक कार्यक्रमको लागि ५ लाख, अल्पसंख्यकको लागि २ लाख, मुस्लिमको लागि २ लाख र अपांगता भएकाहरुको लागि ५ लाख बजेट विनियोजन गरेको छ । संघीयता कार्यान्वयन पछि लक्षित बर्गका लागि बजेटको व्यवस्थापन हुन सकेको थिएन । गाउँसाभाले हालसम्मको खर्च र केही कार्यबिधिहरु समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->