पोखरा,२७ पुष–पोखराको पृथ्वीचोकबाट हटाइएको पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना गर्नुपर्ने माग सहित २ सय ९९औँ पृथ्वी जयन्ती मनाइएको छ । नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा पोखराको मानव अधिकार चोकबाट निकालीएको ¥याली न्यूरोड, सभागृह हुदैँ पृथ्वीचोकमा पुगि विशाल सभामा परिणत भएको थियो । ¥यालीको स्वागतको हेलीकप्टरबाट पुष्पवृष्टि गर्दै गरिएको थियो । स्वतन्त्र राष्ट्रिय नागरिक आन्दोलनको नेतृत्वमा भएको कार्यक्रममा शिवसेना नेपाल, विश्व हिन्दुमहासंघ, राप्रपा लगायत विभिन्न आमा समुहहरुले समेत सहभागिता जनाएका थिए । सभाको सम्बोधन गर्दै स्वतन्त्र राष्ट्रिय नागरिक आन्दोलनका संयोजक बालकृष्ण न्यौपानेले फागुन ७ गते देखि आन्दोलनको शुरुवात गर्ने घोषणा समेत गरेका छन । देश समाप्ती तर्फ गएको भन्दै अब नागरिकले नै आन्दोलन गर्ने उनको भनाइ रहेको छ । नेताहरुले पार्टी बचाउने खेलमा देशलाई बेचेको आरोप लगाउँदै उनले राष्ट्र बचाउन एक जुट भएर लाग्नुपर्ने बताए । पृथ्वीनारायण शाहको दिव्योपदेशको पालना गर्दै हिड्मात्र स्वाभिमानी नेपाली बन्न सकिने वक्तहरुको धारणा थियो ।

(तस्वीर : विजय नेपाली)





