बागलुङ, २७ पुस– नियमोनिया र बाथ रोगले पिडित बागलुङको गल्कोट नगरपालिका १ दुदिलाभाटीका राजेश बिकलाई ५ लाख बढि आर्थिक सहयोग प्राप्त भएको छ । जापानमा कार्यरत बागलुङको गल्कोटवासी र नेपालका बिभिन्न ठाउँमा रहेका व्यक्तिहरुको सहयोगमा संकलित ५ लाख ६८ हजार ७ सय ८५ रुपैया राजेश बिकलाई हस्तान्तरण गरिएको हो । स्थानिय बिनोद कार्कीको नेतृत्वमा संकलित १४ हजार ९ सय ४६ र डायनामिक स्पोट क्लव झाक्रिस्थानबाट प्राप्त ४ हजार ५ सय रुपैया पनि पिडित बिकलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै हस्तान्तरण गरिएको थियो ।
सेवा नै धर्म हो भन्ने नाराका साथ जापानको बिभिन्न ठाउँमा कार्यरत गल्कोटवासी र नेपालमा रहेका बिभिन्न जिल्लाका व्यक्तिहरुको सक्रियतामा संकलित उक्त रकम पिडित बिकको घरमै पुगेर हस्तान्तरण गरिएको थियो । उक्त रकम सहयोग संकलन अभियानमा सक्रिय जापानमा कार्यरत कमलबहादुर कार्कीको छोरा यामबहादुर कार्की, मिलन केसीको बुवा जगतबहादुर खत्री र गल्कोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष नेत्र बुढाथोकीले हस्तान्तरण गरे ।
जापानमा रहेर सहयोग संकलनका लागि कमल कार्की, मिलन केसी, निमबहादुर खड्का, तारा खत्री तेजु, मेघराज रिश्मेली, लक्षुमण कार्की, मिनबहादुर खत्री, नेत्र थापा, तारा केसी थापा, याम बिक र कृष्ण खत्रीले पहल गरेका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै गल्कोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष नेत्र बुढाथोकीले एउटा जुझारु युवा राजेश बिकको समस्या सवैको समस्या भएकाले उनको स्वास्थ्य लाभको कामना गर्दै प्रदान गरिएको सहयोग रकमको सहि सदुपयोग हुन जरुरी रहेको बताए ।
कार्यक्रम सहयोग दाता एवँ धौलागिरि एफ एम बागलुङका सम्पादक ताराप्रसाद शर्माले पनि मंतव्य व्यक्त गरे । पिडित बिकका बुवा मनबहादुर बिकले सहयोग दाताहरुलाई धन्यावाद ज्ञापन गरे । बाथ रोग र निमोनिया कारण बिकको शरिर नचल्ने अवस्था भएपछि उपचारका लागि परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गरिएको अभियान्ता कमलबहादुर कार्कीले बताए । उनले जापान लगाएत नेपालको चितवन, पोखरा, पर्वत म्याग्दी, बागलुङका व्यक्तिहरुवाट पनि सहयोग प्राप्त भएको बताए ।
कार्यक्रम स्थानिय मिलिजुली आमा समुहका अध्यक्ष हिरादेवि परियारको अध्यक्षता र चौराह माविका शिक्षक नरबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।





