मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङमा पृथ्वी जयन्ती र एकता दिवस मनाईयो

बागलुङमा पृथ्वी जयन्ती र एकता दिवस मनाईयो


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०७७, सोमबार

बागलुङ, २७ पुस– सोमबार २ सय ९९ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बागलुङमा पनि मनाईएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समिति बागलुङले एक कार्यक्रमको आयोजना गरी पृथ्वी नारायण शाहले राष्ट्र निर्माणमा पु¥याएको योगदान बारे चर्चा गरेर मनाएको हो ।
कार्यक्रममा तिरुपती बालाजीधाम कुडुले फेदीका उत्तराधिकारी स्वामी ऋषि प्रपन्नाचार्यले धर्म संस्कृति परम्परा र राष्ट्रियताको रक्षाका लागि पृथ्वी नारायणले पु¥याएको योगदान सदैव स्मरणयोग्य रहेको बताए । उनले धर्म संस्कृति भाषा र राष्ट्रियताको रक्षाका लागि सबै एक हुनुपर्ने चर्चा गर्दै राष्ट्रियताको रक्षा गर्दै पुर्बजहरुको सम्मान गर्नु असल नागरिकको कर्तब्य भएको बताए । समाजमा शान्ति सद्भाव कायम गर्नका लागि धर्म संस्कृति र सबल राष्ट्र अनिबार्य हुनेमा उनको डोड थियो ।
धौलागिरी बहुमुखी क्याम्पसका सह–प्राध्यापक गोबिन्द प्रसाद कंडेलले राज्यले पृथ्वी नारायण साहको योगदान लाई मुल्यांकन गर्न नसकेको बताए । तत्कालिन अवस्थामा सबैले स्विकारेपछि मात्र पृथ्वी नारायण साहले बाईसेचौबिसे राज्य एकिकरण गरेको भन्दै कंडेलले उनि निरंकुश थिए भनेर टिप्पणी गर्नु गलत हुने बताए । पृथ्वी नारायण जन्मेको हुनाले मात्र नेपाल र नेपाली भनेर गर्व गर्न पाएको उनको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासघं बागलुङ शाखाका अध्यक्ष दिल शिरीष, साजसेवी विश्वनाथ शर्मा र मातृभुमी संस्थाका अभियान्ता टुकनाथ शर्माले बोलेका थिए । कार्यक्रममा सुर साधना कला केन्द्रका संचालक सुर्य घतानेले राष्ट्रिय गित प्रस्तुत गरे । कार्यक्रम पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिका संयोजक शैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षता, सदस्य रमेश कुमार राजभण्डारीको स्वागत मन्तब्य र सदस्य सचिव शुदर्शन पन्तको संचालनमा सम्पन्न भएको थियो । यसअघि आज बिहान पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले मानव सेवा आश्रम बागलुङमा फलफुल वितरण गरेको संयोजक शैलेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->