बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दी जेसीजको अध्यक्षमा विरेन्द्र श्रेष्ठ चयन

म्याग्दी जेसीजको अध्यक्षमा विरेन्द्र श्रेष्ठ चयन


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०७७, मंगलबार
????????????????????????????????????

बेनी, २८ पुस– म्याग्दी जेसीजको शाखा अध्यक्षमा विरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै सामाजिक कार्यहरुमा सक्रिय रहेको म्याग्दी जेसीजको शनिबार सम्पन्न २१ औँ अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । सोमबार विहान जेसिज सचिवालयमा सम्पन्न भएको अधिवेशनबाट कानुनी सल्लाहकार खम थापा, निर्वतमान सुजन बरुवाल, बरिष्ठ कार्यकारिणी उपाध्यक्षमा सन्दिप खत्री, कार्यकारिणी उपाध्यक्षमा बिस्मा श्रेष्ठ, सुमन बानियाँ, महासचिव दिनेशकुमार विश्वकर्मा, कोषाध्यक्ष कुमार बानियाँ, शाखा सम्पादक हरि भण्डारी, उपाध्यक्ष नरेश श्रेष्ठ, डेकमायाँ केसी, सह–कोषाध्यक्ष सुनिता श्रेष्ठ, अध्यक्ष सल्लाहकार शैलेश श्रेष्ठ चयन भएका छन् ।
सह–सचिव मनोनित गर्न बाँकी रहेको महासचिव विश्वकर्माले जानकारी दिए। निर्वाचित पदाधिकारीहरुलाई संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, पूर्व अध्यक्ष विजयकुमार श्रेष्ठ, विनय श्रेष्ठ, सुविन श्रेष्ठले बधाई ज्ञापन गरेका थिए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले म्याग्दी जेसिजको युवा आकर्षण बढाउने र स्थानीय तह केन्द्रीत कार्यक्रमलाई प्रभाबकारी बनाउने प्रतिबद्धता जनाए ।खेलकुद क्षेत्रमा समेत निकै सक्रिय रहेका श्रेष्ठले पुराना कार्यक्रमहरुलाई निरन्तरता दिदैं थप नयाँ कार्यक्रमहरु ल्याउने बेनीअनलाइनलाई बताए । कोरोना भाइरसका कारण एकबर्ष यता सार्वजनिक रुपमा हुने अन्तर मावि फुटबल लगायतका प्रतियोगिता सञ्चालन गर्न नसकेका जेसीजले यसबर्ष नियमित कार्यक्रमहरुलाई तालिका अनुसार नै सम्पन्न गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->