शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

नेकपा प्रचण्ड–माधव समुहको गण्डकी प्रदेश भेला पोखरामा सुरु

नेकपा प्रचण्ड–माधव समुहको गण्डकी प्रदेश भेला पोखरामा सुरु


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०७७, मंगलबार

पोखरा, २८ पुस – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहको गण्डकी प्रदेश भेला पोखरामा सुरु भएको छ । भेलामा प्रदेशका ११ वटै जिल्लाबाट जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु सहभागी भएको नेकपाले जनाएको छ । भेलालाई सम्वोधन गर्न नेकपामा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल आईपुगेका छन् । खराव मौसमका कारण अध्यक्षद्धय हवाईजहाज आउन ढिला भएकाले कार्यक्रम ढिला सुरु भएको नेकपा प्रदेश कमिटीका सचिवालय सदस्य इन्द्रलाल सापकोटाले वताए । पार्टीको अगुवा भेला पोखरामा सवैभन्दा धेरै क्षमता भएको पोखरा महानगरपालिका–११ शीतलादेवीस्थित एसआर केसी बैंक्युटमा दिउसो २ बजेबाट सुरु भएको हो ।

भेलालाई अध्यक्षद्धय र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । अहिले नारायणकाजी श्रेष्ठ बोलिरहेका छन् । गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव श्रीमाया थकालीले गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->