शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार : प्रचण्ड

केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार : प्रचण्ड

पूर्वसहकर्मीलाई प्रचण्डको प्रश्न, जनयुद्ध कुहिएको फर्सी भनेकाे कसरी सुन्न सक्नुभयो ?


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०७७, मंगलबार

पोखरा, २८ पुस – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीभन्दा माधवकुमार नेपाल हजार गुणा इमान्दार भएको बताएका छन् । पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रचण्डले माधव नेपाललाई पञ्चायत विराधी आन्दोलनबाटै चिनेको बताए । ‘केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, हजार गुणा पारदर्शी, हजार गुणा सुशासनको पक्षधर’, प्रचण्ड भने । प्रचण्डले माधव नेपाल ओलीभन्दा हजार गुणा बढी क्रान्तिकारी भएको समेत बताए । गणतन्त्रबारे ओलीको धारणा सबैले बुझेको बताउँदै प्रचण्डले भने, ‘केपी ओलीको उद्देश्य इमान्दारिताको रहेनछ । नाङ्गै हुने छलछामको तरिका अपनाउने रहेछ ।’
प्रचण्डले कसैले भन्दैमा एकता नबिग्रने बताए । ‘म माधवको पक्षमा गएकै हो । त्यसो भनेर के बिग्रन्छ ? माधवजी मेरो पक्षमा, म माधवजीको पक्षमा । एकता गरेको हो नि हामीले, ओर्जिनल सहमति हो’, प्रचण्डले भने । आफूहरु जालझेल गर्नेको पक्षमा नरहेको पनि उनले बताए । तर, ओलीले भने पार्टी एकता पछि बसेको पहिलो स्थायी कमिटी बैठकबाटै घच्याकघुच्चुक गर्न थालेको बताए । माओवादी र एमाले एकीकरणमा वामदेव गौतमको महत्वपूर्ण भूमिका रहेको उनले बताए । वामदेवकै पहलकदमीमा पार्टी एकीकरण अगाडि बढेको पनि प्रचण्डले बताए । ‘एकताको प्रस्ताव लिएर म गएको हो, केपी ओली आएको होइन तपाईँहरुलाई प्रष्ट होओस्’, प्रचण्डले भने । तर, ओलीले झुट बोल्ने गरेको पचण्डले बताए । त्यसबारे वामदेव गौतमले भनेपछि झनै प्रष्ट भएको पनि बताए ।
पूर्वसहकर्मीलाई प्रचण्डको प्रश्न, जनयुद्ध कुहिएको फर्सी भनेकाे कसरी सुन्न सक्नुभयो ?
‘प्रचण्ड’ले जनयुद्ध कुहिएको फर्सी थियो भन्ने कुराले आफूलाई हाँसो लोगेको बताएका छन् । प्रचण्डले त्यस्तो कुरा कसरी सुन्न सकेको भनेर आफ्ना पूर्व सहकर्मीहरुप्रति प्रश्न गरेका छन् । प्रचण्डले भने, ‘पूर्वमाओवादी साथीहरु, जो केपी गुटमा जानु भएको छ, उहाँहरुले कसरी सुन्न सक्नु भयो कि जनयुद्ध कुहिएको फर्सी थियो भनेकाे ?’  जनयुद्ध ठीक थियो भनेर गरेको हस्ताक्षर कीर्ते थियो ? उनले ओलीप्रति पनि प्रश्न खडा गरेका छन्। ‘के जनयुद्ध कुहिएको फर्सी थियो भने कमरेड केपीले जनयुद्ध ठीक भनेर गरेको हस्ताक्षर कीर्ते थियो त ?,’  प्रचण्डले मदन भण्डारीको लाइन छोड्ने माधव नेपाल नभइ ओली नै भएको दावी गरे। ‘प्रधानमन्त्री पदका लागि मात्रै समाजवादउन्मुख रहेछ, जबज प्राप्त गर्नका लागि होइन रै’छ,’ प्रचण्डले भने, ‘एउटा प्रधानमन्त्री पद पाउनका लागि मात्रै यो सब गर्नु भएको रहेछ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->