
बागलुङ, २९ पुस– मध्यपहाडी लोकमार्गमा अनियन्त्रीत भएर एक ट्रयाक्टर सडक देखि खस्दा चालकको मृत्यु भएको छ । ध १ त, ४७१२ नम्बरको खाली ट्रयाक्टर मंगलवार राती १० बजे बागलुङ नगरपालिका वडा नं. ३ बोक्सेगैह्रामा सडक देखि १ सय ५० मीटर तल खसेको थियो ।
घटनामा म्याग्दीको धौलागिरी गाउँपालिका वडा नं. ७ मुना घर भएका २९ बर्षिय चालक केशबहादुर पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बिजय भण्डारीले बताए । घटनामा सहचालक सकुशल भेटिएका थिए ।
मंगलवारै ढोरपाटन नगरपालिका वडा न. ९ को नवचेतना प्राबिकी शिक्षीका मृत फेला परेकीछिन् । स्थानीय भुजीखोलामा उनको शव भेटिएको हो । बिद्यालय पोशाकमै उनको शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले बताए । उनको झोला, मोवाइल लगायतका सामान खोलाछेउमै भेटिएका थिए । नहरको छेउबाट हिड्दा लडेको जस्तो अबस्थामा उनको शव भेटिएको हो । घटनाको अनुसन्धान भैरहेको उनले जानकारी दिए ।





