बागलुङ, २९ पुस– बागलुङ नगरपालिकाको आठौं नगरसभा बुधबारबाट सुरु भएको छ । हिउँदे सभाका रुपमा लिईने नगरसभामा दुई वटा प्रस्ताव प्रस्तुत भएका छन् । प्राकृतिक स्रोत तथा वातावरण संरक्षण ऐन बनाउनका लागि बिधायन समितिले बिधेयक नगरसभामा प्रस्तुत गरेको छ । संयोजक लक्ष्मी बास्कोटाले बिधेयक प्रस्तुत गरेकी हुन् । त्यस्तै त्यस्तै हिउँदे सभामा बजेट र करमा संसोधन प्रस्तुत भएको छ । उपप्रमुख सुरेन्द्र खड्काले उक्त प्रस्ताव पेश गरेका हुन् । आठौं नगरसभाको अर्को बैठक आगामि माघ ९ गतेका लागि बोलाईएको छ ।






