मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

ज्यान मुद्धामा वडाअध्यक्ष पुन पक्राउ

ज्यान मुद्धामा वडाअध्यक्ष पुन पक्राउ


  • ढोरपाटन संवाददाता
  • पुष २९ २०७७, बुधबार

बागलुङ, २९ पुस– बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडा अध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई प्रक्राउ गरेको हो । बुधबार दिउँसो ३ वजे पक्राउ परेका पुनलाई जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याईंदै छ । उनी आफ्नै घरबाट पक्राउ परेका हुन् । अदालतमा ज्यान मार्ने मुद्धा परेकाले उनलाई पक्राऊ गरिएको प्रहरी निरीक्षक बिजय भण्डारीले बताए । २०७६ सालमा भएको कुटपिटको घट्नालाई लिएर सोही वडाका लाल बहादुर बिक लगायत तीन जनाले उनी बिरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । २०७६ कार्तिक १२ खुंगामा एक आपसमा झगडा हुँदा केही स्थानीय घाईते भएका थिए । घटनाको बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पुरानो मुद्धा भएकाले पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि अदालत पेश गरिने भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->