मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

जिल्ला सुरक्षा समिति सुटुक्क अस्पतालमा…

जिल्ला सुरक्षा समिति सुटुक्क अस्पतालमा…


  • ढोरपाटन संवाददाता
  • पुष २९ २०७७, बुधबार

बागलुङ, २९ पुस– धौलागिरी अस्पतालको बिषयमा जनगुनासो आएको भन्दै प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समिति बागलुङले बुधवार छड्के अनुगमन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको नेतृत्वमा समितिले बुधबार दिउँसो अस्पताल पुगेर छड्के अनुगमन गरेको हो । अस्पतालमा अक्सिजन, भेण्डीलेटर लगायतका अत्यावश्यक साधन चुस्त नरहेको, चिकित्सक तथा स्वास्थ्यकर्र्मीले बिरामीको बेवास्ता गर्ने गरेको लगायतका गुनासो आएपछि उनिहरु छड्के अनुगमनमा निस्किएका थिए ।

अस्पताल पुगेको सुरक्षा समितिको टोलिले आकस्मिक कक्षमा रहेका बिरामीसँग सोधपुछ गरेको थियो । ‘हामी अस्पताल पुग्दा आकस्मिक कक्षमा चिकित्सक डिउटीमै भेटिनुभयो, बिरामीले पनि उहाँहरुले नियमित हेरचाह गर्ने गरेको बताउनुभयो’ प्रजिअ न्यौपानले भने ‘चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जानकारी नदिई छड्के पुग्दापनि उहाँहरु खटिरहनुभएको थियो ।’ समितिले अस्पतालको आईसोलेसन र सघन उपचार कक्षमा रहेका बिरामीको समेत सिसिटिभी मार्फत अनुगमन गरेको थियो । आँफुहरु पुग्दा आईसोलेसनमा समेत चिकित्सकहरु खटिरहेको भेटिएको न्यौपानेले बताए । ‘अक्सिन र भेण्टिलेटरको बिषयमा पनि सबै चिकित्सकलाई राखेर जानकारी लियौं, उहाँहरुले सबै सूचारु रहेको बताउनुभयो’ न्यौपानले भने ‘सिसिटिभीबाट कोभिडका बिरामीको अनुगमन राम्रो भएको पाईयो ।’ बाहिर गुनासो आएको जस्तो अवस्था नरहेको पाईएको न्यौपानले बताए ।

गुनासो नआउनेगरी काम गर्न सुरक्षा समितिले निर्देशन दिएको छ । कुनैपनि बहानामा बिरामीको स्वास्थ्यसँग खेलबाड नगर्न र अप्ठेरो परेको बखत जानकारी गराउन दिर्नेशन दिएको न्यौपानेले बताए । सुरक्षा समितिले गरेको छड्के अनुगमनले आँफुहरुलाई काम गर्न थप उर्जा मिलेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शैलेन्द्र बिक पोखरेलले बताए । सोमबार र मंगलबार दुईजना कोभिड–१९ संक्रमितको मृत्यु भएपछि सर्वसाधारणले अस्पतालमा बेवास्ता हुने गरेको गुनासो गर्न थालेका थिए । केही समुह र संगठनहरुले प्रमुख जिल्ला अधिकारीलाई भेटेरै असन्तुष्टि जनाएपछि छड्के अनुगमन गरिएको हो ।
यसैबिच जिल्ला सुरक्षा समितिले कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेहरुलाई एम्बुलेन्समा नबोक्न जिल्लाका सबै स्वास्थ्य संस्था तथा स्थानीय तहलाई अनुरोध गरेको छ । एम्बुलेन्सको सट्टा शव बहानको व्यवस्थापन गरेर कोभिड–१९ का कारण मृत्यु हुनेहरुको शव व्यवस्थापन गर्न निर्देशन दिईएको न्यौपानले बताए ।

तस्विर : अर्जुन ढकाल

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->