मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

दुई महिने ढाका बुनाई सुरु

दुई महिने ढाका बुनाई सुरु


  • ढोरपाटन संवाददाता
  • माघ १ २०७७, बिहिबार

बागलुङ, १ माघ– बागलुङमा दुई महिने ढाका बुनाई तालिम बुधबारदेखि सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय बागलुङले तालिम आयोजना गरेको हो ।
महिलाहरुलाई सिप बिकास र आय आर्जनसँग जोड्नकालागि तालिमको आयोजना गरेको कार्यालय प्रमुख गुमा रिजालले बताईन् । गण्डकी प्रदेशका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयकासचिव डा. महेश्वर ढकालले बुधवार तालिम उद्घाटन गरे । तालिम उद्घाटन गर्दै ढकालले परम्परागत ढाका बुनाईले मात्रै आर्थिक उन्नती नहुने भन्दै आधुनिकता सँग जोडिन आग्रह गरे ।
बागलुङमा तयारहुने ढाकामा बागलुङकै पहिचान हुनुपर्ने उनको धारणा थियो । ‘बागलुङ कालिका वा अरु कुनै चर्चित ठाउँलाई ढाकामा सजावट गर्नुस्’ ढकालले भने ‘तपाईले बनाएको ढाकाले जिल्लाको पहिचान र पर्यटन प्रबद्र्दनलाई समेत मद्दत गर्छ ।’ जिल्लाका सबै स्थानीय तहका २४ जना महिला तालिममा सहभागि छन् । कार्यालय परिसरमा रहेको तालिम कक्षबाटनै दुई महिना उीिहरुलाई तालिम दिईने कार्यालय प्रमुख रिजालले बताईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->