बागलुङ, १ माघ– खानेपानीको चरम समस्या रहेको बागलुङ नगरपालिका–८ सिगानाकोे लामाचौरमा पानी पुग्ने आशा पलाएको छ । गाउँभन्दा ८ सय मिटर तल खोल्साको पानी सहमति गरेर लिफ्टिङ प्रबिधि मार्फत लामाचौरमा बितरण गर्ने योजनाको काम सुरु भएको हो । काठेखोला गाउँपालिका–७ रेशमा पर्ने पानीमुहान स्थानीयले समझदारीमा प्रयोग गर्ने भएका हुन् ।
लामाचौर खानेपानी उपभोक्ता समितिले मुहानको व्यवस्था गरेपछि योजनाको काम सुरु भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर कार्कीले बताए । योजनाको मुहानमा बन्ने ट्याङ्कीको बिहिबार बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शिलान्यास गरे । ‘अव लामाचौरमा पानी पु¥याउने भनेर भोट माग्ने संकृतिको अन्त्य हुन्छ, लेखेर राख्नुस डेढ बर्षमा घर घरमा पानी पु¥याउने वातावरण बनाउँछौं’ शिलान्यास पछि पौडेलले भने ‘प्रदेशको योजना सूचारु भएको छ, यसमा नगरपालिकाले खवरदारी र साझेदारी दुवै गर्छ ।’ शिलान्यासकालागि पुगेका नगरप्रमुखलाई स्थानीयले निर्वाचनका बेला खाएको कसम सम्झाएका थिए । स्थानीयका दुख सम्झेर पौडेल कार्यक्रममै भावुक भए ।
मुहानबाट २सय ५० मिटर हावामा र ८ सय मिटर मैदानमा पर्ने उच्च भागमा पानी पु¥याईने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका इञ्जिनियर इश्वरी सुवेदीले बताए । उनका अनुसार मुहानमा सानो ट्याङ्की बनाएर ७.५ एचपिको मोटरले मुख्य ट्याङ्कीमा पानी तानिने छ । मुख्य ट्याङ्कीबाट ८ सय मिटर माथी पु¥याउनकालागि २५ एचपीको मोटर प्रयोग हुने छ । २.५ इन्चको पाईपमा प्रतिसेकेण्ड २ लिटर पानी तान्ने योजना रहेको सुवेदीले बताए । ६ घण्टा पानी तान्दा लामीचौरका १ सय ८० घरमा पानी प्रसस्त पुग्ने छ ।
५० हजार लिटरको एक, २० हजार लिटरको तीन र २० हजार लिटरको एक ट्याङ्की बनाउने योजना स्टमेट छ । चालु आर्थिक बर्षमा प्रदेश सरकारले १२ लाख रुपैयाँ बिनियोजन गरेको छ । ‘क्रमागत योजना भएकाले बजेट र स्टमेट बन्दै जान्छन् ।’ सुवेदी भन्छन् ‘मुहानको बिबाद भएकाले पहिले काम हुन सकेन, उपभोक्ता समितिले अव काम गर्ने हो ।’ लिफ्टीङ आयोजनाको शिलान्यास भएकाले अव पानी पाउने आशा पलाएको स्थानीय सीता दजीले बताईन् । पानीको अभावका कारण यहाँका स्थानीयले सरकासफाई र तरकारी खेतीकालागि समेत सास्ती भोग्दै आएका थिए । उपभोक्ता समितिका अध्यक्ष पूर्ण बहादुर कार्कीको अध्यक्षता, वडा अध्यक्ष राजन जिसीको स्वागत र भद्र बहादुर कार्कीको सञ्चालनमा शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो ।










