मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पोषण सुधार्दै तमानखोला गाउँपालिका

पोषण सुधार्दै तमानखोला गाउँपालिका


  • ढोरपाटन संवाददाता
  • माघ २ २०७७, शुक्रबार

बागलुङ, २ माघ– तमानखोला गाउँपालिकाले पोषणको अबस्था सुधार्ने अभियान थालेको छ । कुपोषणबाट बचाउने, ख्याउने हुन नदिने र पुड्कोपन हटाउने जस्ता क्रियाकलापका लागिपोषण सुधार अभियान थालिएको हो ।
पोषण सुधार्न पोसिलो खाना खाने बानीको बिकास गर्ने अभियानपनि चलेको छ । त्यसकालागि सरोकारवालासँग समीक्षा र छलफल समेत गरेको छ । समिक्षा कार्यक्रममा बालबालिकाको बृद्धि विकासकालागि पोषण महत्वपुर्ण भएको सरोकारवालाले बताए । कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बालबालिकाको उच्चतम मानसिक विकास गर्न पोषण खानाको सुधार गर्नुपर्ने बताए । पोषणको क्षेत्रमा थप लगानी गर्न जरुरी भएको भन्दै बहुक्षेत्रीय कार्यक्रम संचालनको आवस्यकतामा जोड दिए ।
सोही अवसरमा पोषणको साथमा विद्यालय स्वास्थ्य शिक्षा तथा कार्ययोजना तयारी कार्यक्रम पनि संचालन गरिएको थियो । कार्यक्रममा गाउँपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु र शिक्षा शाखा संयोजको सहभागिता रहेको कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौ, देवप्रकाश घिमिरे, घनश्याम सापकोटाले गरेका थिए ।
कार्यक्रममा बोल्दै तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले गाउँपालिकाले आमा र बच्चाको पोषणका निम्ती पोषण लक्षित कार्यक्रम संचालन गरेको बताए । उनले कुपोषण रहित गाउँपालिका निर्माण गर्नेका लागि अभियान चलाएको र अभियानमा दाताको खोजी भएको पनि बताए । केही समय देखि गाउँपालिकाले बालशिक्षा र स्वास्थ्यमा सुधार गरेको प्रमुख प्रशासकीय अधिकृत बिकास लम्सालले बताए । साथै बालबिबाह, २० बर्ष अघि गर्भवती र सुत्केरी नहुने शिक्षा समेत दिइएको बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->