मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

कृतिम घटना मार्फत भूकम्पपीडिको उद्दार

कृतिम घटना मार्फत भूकम्पपीडिको उद्दार


  • ढोरपाटन संवाददाता
  • माघ २ २०७७, शुक्रबार

बागलुङ, २ माघ– भूकम्पमा परेर केही मानिस घाइते भए । घाइते र उनीहरुको परिवारले गुहार मागे ।
तत्काल स्थानीय मानिस आइपुगे । उनीहरुले प्रहरीमा खवर गरे । प्रहरीले उपचार सामाग्री सहितको उद्दार टोली घटनास्थलमा ल्यायो । प्राथमिक उपचारपछि घाइतेलाई अस्पताल पठायो ।
भूकम्पले भत्केको घरभित्र एक जना वृद्ध पुरिएको भन्दै उनका छोराले बिलौना गरिरहेका थिए । त्यसपछि प्रहरीको उद्दार टोलीले ड्रिल मेसिन ल्याएर पर्खाल भत्काएर पुरिएका मानिसको उद्दार ग¥यो । उद्दारकालागि प्रहरीले सचेतना पुर्वक काम गरेको थियो । पर्खाल खोलेपछि भित्रको काठको ढोका काटेर छिरेको प्रहरीले अचेत अबस्थामा हरेका घाइतेलाई उद्दार गरे बाहिर ल्यायो ।
उनलाईपनि तत्काल अस्पताल लगियो । यो अभियानमा नेपाल प्रहरीको टोलीले सर्तकतापूर्वक र कुशलतापूर्वक काम गरेको थियो । यो घटना भने वास्तविक नभएर कृतिम थियो । धौलागिरी बहुमुखी क्याम्पसको चउरमा आयोजित कृतिम घटना अभ्यासमा नेपाल प्रहरीको बिपत व्यवस्थापन गुल्मबाट आएका प्रहरी अधिकृत र जवानहरु खटिएका थिए । उक्त कृतिम घटनाअभ्यास मार्फत भूकम्प, आगोलागि लगायतका दैविप्रकोपको समयमा कसरी घाइते तथा मृतकको उद्दार गर्ने भन्ने अभ्यास देखाइएको थियो ।
भूकम्प दिवशको अवसर पारेर प्रहरीले नेपाल रेडक्रस, बागलुुङ उद्योग बाणिज्य संघ लगायतको सहकार्यमा कृतिम घटनाअभ्यास गरेको थियो । उक्त घटनामा घाइते भएकाहरुलाई अस्पतालमा लगेर उपचार गर्न पनि प्रहरी खटिएका थिए । झट्टहेर्दा वास्तविकता जस्तै लाग्ने अभ्यासले जुनसुकै बेला हुने घटनालाइ कसरी कुशलतापूर्वक उद्दार गर्नुपर्छ भन्ने कुरा सिकाएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।
बिपत बाजा बजाएर नआउने भएकोले जुनसुकै बेला पनि भूकम्प आउने, आगोलागि हुने जस्ता घटना हुन सक्ने भन्दै प्रहरीले घटनामा आपतकालिन झोला तयार गरेर राख्न पनि सुझाव दिएको थियो । आपतकालिन झोलामा घरपरिवारलाई कम्तिमा एकदुइदिन पुग्ने सुख्खा खाना, पानी, टर्च लाइट र परिचयपत्र जस्ता सामान राख्नुपर्ने सुझाव दिइएको थियो ।
भूकम्प गएको अबस्थामा खुला चउरमा भएमा त्यही सुरक्षित हुने र घरभित्र भएको अबस्थामा टेवुल, कुर्सी लगायतका सामानको मुनी टाउको लुकाएर लुक्नुपर्ने बताइएको थियो । यस्ता प्रकारका सचेतना अभियानले आम मानिसलाई जोखिमबाट बच्ने उपाया सिकाउने नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति राजेन्द्र आचार्यले बताए । प्रहरीले हरेक बर्ष यस्ता प्रकारका सचेतना अभियान संचालन गर्छ । कृतिम घटना अभ्यासले भने प्रहरीको उद्दार टोलीलाई घटनास्थलमै पुगेर कसरी काम गर्ने भन्ने सिकाउने गरेको जिल्ला प्रहरीका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताए । बिसं १९९० सालको माघ २ गते गएको बिनाशकारी भूकम्पको संझनामा नेपालमा २३ बर्षदेखि यो दिवश मनाउन थालिएको हो । गत २०७२ सालको बैसाख १२ र २९ गते पनि नेपालमा बिनासकारी भूकम्प गएको थियो । उक्त समयमा पनि सही सल्लाह दिन नसक्दा सुरक्षित बस्न नसकेर धेरै मानिसको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->