मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पितृको स्मृतिमा ११ लाख खर्चेर प्रतिक्षालय निर्माण

पितृको स्मृतिमा ११ लाख खर्चेर प्रतिक्षालय निर्माण


  • ढोरपाटन संवाददाता
  • माघ २ २०७७, शुक्रबार

बागलुङ, २ माघ– पैदल यात्रुहरुको सुविधाकालागि यहाँको एक परिवारले पितृहरुको सम्झनामा प्रतिक्षालय निर्माण गरेको छ । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ ठुलढुङ्गाका धर्मराज कँडेलको परिवारले बिहुँमा प्रतिक्षालय निर्माण गरेको हो ।
वडा कार्यालयको संरक्षणमा रहनेगरी आधुनिक व्यवस्थापन सहितको प्रतिक्षालय परिवारले हस्तान्तरण र उद्घाटन गरेका छन् । सवारी चल्ने सडक बनेपछि मासिएका चौतारीहरुकाकारण पैदलयात्रुलाई कठिन हुने गरेको भन्दै कँडेल परिवारले प्रतिक्षालय बनाएका हुन् । आफ्ना स्वर्गीय हजुरबुबा तुलसीराम कंडेल, हजुरआमाहरु लक्ष्मी, गैरिदेवी कडेल र भाई गौरिश्वर कँडेलको स्मृतिमा प्रतिक्षालय बनाएको धर्मराजका छोरा गंगा कडेलले बताए । प्रतिक्षालयमा मोबाईल चार्जिङ सेन्टर, शौचालय, पिउने पानी लगायतका सुविधाहरु छन् । तीन महिना अघि निर्माण सुरु गरिएको प्रतिक्षालय केही दिन पहिला निर्माण सम्पन्न भएको थियो । कंडेल परिवारले यात्रुको सुविधाकालागि बनाईएका संरचना सहित ११ लाख रुपैयाँ खर्च भएको बताएको छ । धर्मराजको परिवारका जेष्ठ सदस्य ९० बर्षिय हरिलाल कंडेल र पुर्व गाबिस अध्यक्ष कमलापति कंडेलले संयुक्त रुपमा प्रतिक्षालय उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->