बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

निर्मल पूर्जाको दोस्रो विश्व रेकर्ड : ‘केटु’ आरोहण गर्ने पहिलो पर्वतारोही

निर्मल पूर्जाको दोस्रो विश्व रेकर्ड : ‘केटु’ आरोहण गर्ने पहिलो पर्वतारोही

गत बर्षको बैशाख १० गते आफ्नै जन्मभूमिमा रहेको अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट विश्व किर्तिमानीको अभियान सुरु गरेका पूर्जाले म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गर्ने पहिलो म्याग्देली समेत हुन् ।


  • हरिकृष्ण गौतम
  • माघ ४ २०७७, आइतबार

बेनी, ४ माघ– पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका निर्मल पूर्जा ‘निम्स’ ले विश्वको दोस्रो अग्लो हिमालमा नयाँ रेकर्ड बनाएका छन् । पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो ८ हजार ६ सय ११ मिटर अग्लो के–टु’ हिमालमा विन्टर सिजन (जाडो याम) मा सफल आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका छन् । खराब मौसमका कारण क्याम्पसमा रोकिएका पूर्जाले शनिबार स्थानीय समयअनुसार ५ बजे आरोहण गरेका हुन् । ‘हामीले असम्भव मानिएको यात्रालाई सम्भब बनाएका छौ,‘हाम्रो टोलीले एकसाथ नेपाली झण्डा फहराएको छ’ पूर्जाले फेसबुक स्टाटसमा लेखेका छन् । निर्मल र उनको आरोहण दलका सदस्यहरुले नेपाली झण्डा फहराइएको तस्वीर समेत सार्वजनिक गरेका छन् ।

पूर्वनिर्धारित समय तालिका अनुसार आरोहणमा निस्किएपनि प्रतिकुल मौसमका कारण दोस्रो क्याम्पमा रहेको त्रिपाल र आरोहणका लागि आवश्यक अरु उपकरण एवम् सामग्री हावाले उडाइदिएपछि अनुकुल मौसमको प्रतिक्षामा बसेकाले आरोहणमा ढिलाई भएको थियो । क्याम्पसमा रहेको किटहरु, स्लिपिङ ब्यागहरु, म्याट्रेसहरु, जुत्ताको हटेड सोलहरु, पञ्जाहरु, प्याराग्लाइडिङको सामग्रीदेखि खाना पकाउने इक्विपमेन्ट समेत नष्ट गरेपछि आरोहण दल अलपत्र परेको थियो । लगभग आरोहणको बाँकी काम स्थगित गरेर फर्किने तयारीमा रहेको अवस्थामा पुनः आवश्यक तयारी गरी बाँकी मिसन पुरा गरेको निर्मलका दाजु कमलबहादुर पूर्जाले बताए । ‘विश्व आरोहणको क्षेत्रमा नेपाली टोलीबाट अर्को नयाँ इतिहास रच्न सफल भएको छ,‘यो निकै सुखद् पक्ष हो’ मोना यूकेका पूर्व अध्यक्ष समेत रहेका पूर्जाले भने । विश्वकै अग्लो सगरमाथापछि विश्वकै अग्लो ‘केटु’ आरोहणका लागि निकै अफ्ठेरो हिमाल हो । ‘विन्टर सिजन’ मा अहिलेसम्म कसैले पनि आरोहण गर्न सकेका थिएनन् । जाडो सिजनमा माइनस ८० डिग्रीको तापक्रम र १ सय माइल प्रतिघण्टाको बायू गतिजस्ता प्रतिकुल अवस्थामा समेत आरोहण रच्ने प्रयासले विश्वभरका पर्वतारोहीको नजर पूर्जातर्फ सोझिएको थियो ।

विश्वभरका पर्वतारोहीले के–टु हिमाललाई किलर हिमालको रुपमा समेत चर्चा गर्ने गरेका छन् ।यो हिमालमा अहिलेसम्म जम्मा ३ सय ६७ सफल आरोहण भएका छन् भने आरोहणको प्रयासमा ८६ जनाले ज्यान समेत गुमाइसकेका छन् । आरोहणमा पूर्जालाई मिग्मा डेभिड शेर्पा, तेन्जिङ शेर्पा लगायत ९ जनाको टोलीले सघाएको थियो । यो मिसनमा रहेको टोलीले यसअगाडी समेत पूर्जालाई सघाएका थिए । निर्मलले सन् २०१९ मा ६ महिनाभित्रै विश्वका ८ हजारमाथिका सबै अग्ला १४ हिमालको सफल आरोहणको विश्व किर्तिमान बनाएर अन्तरराष्ट्रिय स्तरमै ठूलो चर्चा कमाएका थिए ।। हिमाल आरोहणका क्रममा फसेका आरोहीलाई उद्धार गरेर समेत पूर्जाले चर्चा कमाएका थिए । गत बर्षको बैशाख १० गते आफ्नै जन्मभूमिमा रहेको अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट विश्व किर्तिमानीको अभियान सुरु गरेका पूर्जाले म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गर्ने पहिलो म्याग्देली समेत हुन् । उनले धौलागिरी हिमालमा विना अक्सिजन आरोहण गरेका थिए । विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से,मकालु,च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र अन्तिममा विश्वकै चौथौ अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहण गरी किर्तिमानी कायम गरेका थिए । पूर्जाले यसअगाडी आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा छन् ।

को हुन् पुर्जा ?

बाल्यकालनमा समेत गाउँघरमा अग्ला रुख चढ्ने गरेका पूर्जाले आधारभुत तहको शिक्षा चितवनमा अध्ययन गरेका थिए । गाउँ नजिकै रहेका ठूला पहाडमा डोरीको सहायतामा उक्लिने गरेका पूर्जाले बाल्यकालदेखि नै दौड सहितका कार्यक्रमहरुमा सक्रियता देखाउने गरेका थिए । सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए । कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए । क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए । क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए ।

उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत पुर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन । अग्ला हिमाललाई आफ्नो घरको धुरीजस्तै सम्झिने पूर्जाले सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका पूर्जाले अंग्रेजी बर्ष २०१७ मे २७ गते ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् । गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । उनले हरेक आरोहणमा आरोहीको उद्धार तथा मृत अवस्थामा भेटिएका शवलाई समेत ब्यवस्थापनमा सघाउने गरेका छन् । ३५ वर्षीय निर्मल ‘स्पेशल फोर्स’मा छानिने पहिलो गोर्खाली थिए । तर, उनका लागि दाम र शानको सैनिक जागिरभन्दा हिमाल चढ्ने भोकलाई विश्वभरबाट आर्थिक सहयोग समेत भएको थियो । मासिका १४ लाख नेपाली हुने जागिर छोडेर आरोहणमा निस्किएका थिए । पूर्जालाई गतबर्ष राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा किर्तिमय राष्ट्रदिप पदकबाट विभुषितको घोषणा समेत गरेकी थिईन् । उनले दुलर्भ आरोहणसँगै आफ्नो आत्मकथा ‘वियोण्ड पोसिबल’ समेत सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->