पोखरा, ५ माघ– गण्डकी प्रदेशसभाको विशेष अधिवेशनमा आइतबार संकल्प प्रस्ताव पेश भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संंसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले साझा संकल्पल प्रस्ताव सदनमा प्रदेशसभामा दर्ता गरेका हुन् । प्रस्तावमा सभासदहरु हरिशरण आचार्य,मायानाथ अधिकारी,गायत्री गुरुङ र कृष्ण थापा समर्थक गरेका छन् ।
नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अघिसारेको संकल्प प्रस्तावलाई साझा बनाउने सहमति भएपछि कोरानाविरुद्धको अभियानमा सबै एक हुनेगरी संकल्प प्रस्ताव पेश भएको हो । संकल्प प्रस्ताव पेश गर्दै कोभिडभन्दा डरलाग्दो देखिएको सार्सविरुद्ध तयारी अवस्थामा बस्नुपर्नेमा जोड दिए । उनले कोभिड–१९ विरुद्ध खोपको व्यवस्थापन गर्न पनि उनले माग गरे । संकल्प प्रस्तावमा
पीसीआर परीक्षणण वृद्धि गर्ने, आवश्यकता अनुसार मेसिन तत्काल खरिद गर्ने र अन्य स्थानमा परिक्षणको व्यवस्था मिलाउने,नवलपुर र बागलुङमा रहको पीसीआर मेसिन तत्काल प्रयोगमा ल्याउने,सरकारी अस्पतालमा पूर्वाधार, भेण्टिलेटर, उपचार कक्ष, बेड, अक्सिजन प्लाण्ट, स्वास्थ्य उपकरणहरु व्यवस्था हुन बाँकी रहेका ठाउँमा तत्काल व्यवस्था गर्ने,कोभिड संक्रमितहरुलाई सरकारी अस्पतालमै निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन प्रदेश मातहतका अस्पतालहरुको क्षमता अभिवृद्धि गर्ने,सरकारी अस्पतालबाट उपचार गर्न सम्भव नभएमा निजी तथा सामुदायिक अस्पतालमा सिफारिस गरिएको कोरोना बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने, नागरिकले स्वास्थ्यसम्बन्धी मौलिक हक पाए नपाएको अनुगमन र निरीक्षणको लागि संयुक्त संसदीय समिति गठन गर्ने, प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थामा रिक्त दरबन्दीलाई सक्दो छिटो पदपूर्ति गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, सबै स्वास्थ्य संस्थाहरुको कार्यवोझ अध्ययन÷विश्लेषण गरी थप दरबन्दी सृजन गर्ने, विशिष्ठिकृत जनशक्तिलाई प्रदेश र एकै अस्पतालमा रहिरहन उत्प्रेरणा प्रदान गर्ने,प्रदेशको एकमात्र संक्रमण तथा सरुवा रोग अस्पताललाई उच्च प्राथमिकतामा राखी सवलीकरण र सशक्तिकरण गर्ने,कोभिडको नयाँ स्वरुपको उपचारको व्यवस्था गर्ने, कोेभिड–१९ विरुद्धको खोपको उपलब्धता, ढुवानी र भण्डारण,वितरण र कोल्ड चेनलगायतको व्यवस्था र क्षमता बढाउनको लागि सामाजिक विकास मन्त्रालयअन्तर्गत गठन गरिएको विशेष समितिलाई प्रभावकारी बनाउने र परिचालन गर्ने, प्रथम चरणको खोप दिनको लागि मापदण्ड बनाई लक्षित समूहको सूचि बनाउने, नेपाल सरकारको समन्वयमा रही निःशुल्क उपलब्ध नहुने खोप खरिदको लागि आर्थिक स्रोत जुटाउने र खोप ढुवानीको लागि भ्याक्सिन भ्यानको व्यवस्था गर्ने रहेका छन् । संकल्प प्रस्ताव पेश गर्दै प्रमुख प्रतिक्षी दलका नेता कृणचन्द्र नेपालीले कोरोनाविरुद्धको अभियानमा गण्डकी प्रदेश सरकारले केही पनि गरेन कत्ति पनि गरेन भन्ने न्यायसम्मत नभए पनि समयमै उच्चतम् तयारीमा सरकार चुकैको आरोप लगाए । सरकारले प्रचारवाची गर्ने र दोष अन्यत्र दिने काम गरेको पनि उनले भनाई थियो । नागरिकले कोरोना उपचारमा अस्पतालको अस्वभाविक खर्च तिर्न घरघडेरी बेच्नु परेको र आत्महत्यासम्म गरेको जिकिर गर्दै उनले कोरोनाको लागि प्रदेशसभाले पास गरेको बजेट कार्यान्वयन नगरेको तथा सरकार आत्ममुग्ध भएर आत्मप्रशंसामा रमाएको पनि बताउ । कोरोनाबाट बच्ने अस्त्र नै लकडाउनलाई बनाएर देशमा २३५९ घण्टा लकडाउन गरिँदा जनता मारमा परेको बताउँदै उनले भने,‘ यो बीचमा कतिलाई रोजगार दिइयो, जीवन रक्षाकोषबाट कतिलाई राहत बाँडियो ?’
संकल्प प्रस्तावको सम्बन्धमा आफ्नो भनाई राख्दै सामाजिक विकासमन्त्री नरदेवी पुनले कोभिड–१९ विरुद्ध गण्डकी सरकारले गरेका विविध गतिविधिबारे जानकारी दिइन् । उनले चैत १८ गते प्रदेशमा कोरोना पुष्टि भएसँगै सीमित सं्रोत र साधनको भरमा सक्दो प्रयत्न गरेको जिकिर गरिन् । उनले परीक्षण क्षमतामा कमी नल्याइएको तर संक्रमणको दर घटेको जानकारी दिइन् । संक्रमितहरु होम आइसोलेसनमा बस्ने क्रम बढेको बताउँदै उनले संक्रमितहरुलाई मनोसामाजिक परामर्शको व्यवस्था गरिएको बताइन् । प्रदेश सरकारले खडा गरेको कोभिडविरुद्धको कोषमा ३४ करोड ७८ लाख जम्मा भएको बताउँदै उनले भनिन्,‘त्यो कोषको रकम कोरोनाविरुद्धको अभियानमा खर्च गरिएको छ र हालसम्म २७ करोड ८ लाख रुपैयाँ खर्च भएको छ ।’ उनले हालसम्म १ लाख २४ हजारको स्वाब परीक्षण गरिएको बताउँदै पछिल्लो समय पीसीआर परीक्षणमा कमी आएको स्वीकारिन् । सरकारलले बनाएको नयाँ मापदण्डका कारण परीक्षण घटेको उनको भनाई थियो ।
संकल्प प्रस्तावबारे बोल्दै सभासद मायानाथ अधिकारीले सरकारी अस्पतालमा पूर्वाधार नै नभएको बेला ११ जिल्लाकै अस्पतालको सदृढीकरण गरेको जिकिर गरे । संक्रमण अस्पतालको स्थापना,स्थानीय तहसँगको समन्वय गर्दै सरकारले आफःूलाई अब्बल सावित् गरेको दावी गर्दै उनले भने,‘गण्डकी सरकारको नेतृत्व र जनताको सचेतताले यहाँ धेरै ठूलो मानवीय क्षति हुन पाएन ।’ उनले संघीयता र तीनतहको सरकार भएकाले नै महामारीलाई जित्न सफल भएको पनि बताए । अर्का सभासद दीपक थापाले प्रधानमन्त्री केपी ओलीले प्रतिगमनकारी कदम चालेको जिकिर गर्दै पछिल्लो ध्रुविकरणले संक्रमणकालीन अवस्था आएको बताए । सभासद विष्णुप्रसाद लामिछानेले कोभिड–१९ को तयारीमा सरकार चुकेको बताए । उनले सरकारले चाहेर पनि जति उपलब्धी हाँसिल हुनुपर्ने नभएको बताए । कोरोनाले प्रतिक्षलाई मात्रै छुने हो कि भनेजस्तो गरि यसअघि संकल्प प्रस्ताव पारित नगरेको स्मरण गर्दै उनले सत्तापक्षको सो कदम गलत भएको बताए ।
अर्की सभासद पियारी थापाले संकल्प प्रस्ताव कार्यान्वयन गर्ने दायित्व सरकारको भएको बताउँदै खोपको उपलब्धता र बितरणमा सरकारको ध्यान जानुपर्ने बताइन् । पहिलो चरणको खोपको लागि उनले स्वास्थ्यकर्मीदेखि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिनुपर्ने उनको माग थियो । सभासद मीना गुरुङले कोभिडको नियन्त्रणमा गण्डकी सरकारले राम्रो काम गरेको बताउँदै कोभिडबाट रोजगार गुमाएका मजदुरहरुको बारे गम्भीर भएर सोच्न सरकारसँग आग्रह गरिन् । प्रभावकारी देखिएको भ्याक्सिन व्यवस्थामा सरकार लाग्नुपर्ने उनको भनाई थियो । सभासद दिलकुमारी रोका मगरले संविधान कार्यान्वयन, स्थायी शान्तिको कुरा गरिरहँदा नेताहरु मनोगत भएको र अस्थिरता निम्तिएको बताइन् । सभासद सरिता गुरुङले केन्द्रीय सरकारको तुलनामा गण्डकी प्रदेशले राम्रो गरे पनि प्रतिवद्धता अनुरुप काम नभएको बताइन् । सभासद राजिव पहारीले स्वास्थ्य क्षेत्रमा निजीकरण गरिएकोले स्वास्थ्य क्षेत्र अस्तव्यस्त भएको जिकिर गरे । सभासद विनित केसीले पनि प्रदेश सरकार जनताप्रति संवेदनशील छ भने । सभासद दोवाटे विश्वकर्माले जनतालाई रोगबाट जोगाउनको लागि कांग्रेसले आग्रह गरे पनि सरकारले त्यता ध्यान नदिँदा समस्या बल्झिएको बताए ।





