मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

‘कर्णालीकी अप्सरा रारा’ पुस्तक विमोचन

‘कर्णालीकी अप्सरा रारा’ पुस्तक विमोचन


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०७७, सोमबार

बागलुङ, ५ माघ– बागलुङमा सोमवार ‘कर्णालीकी अप्सरा रारा’ पर्यटकीय एवम् आर्थिक क्षेत्रको अनुसन्धानमूलक लेख सङ्ग्रह विमोचन गरिएको छ ।
२०७६ कार्तिक २९ देखि मंसिर ८ गतेसम्म धौलागिरी बहुमुखी क्याम्पस बागलुङको व्यवस्थापन संकायका चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले अनुसन्धान विधि र शिक्षणको प्रभावकारिताको लागि गरेको मध्यपश्चिम क्षेत्रका पर्यटकीय एवं औद्योगिक क्षेत्रको भ्रमणका क्रममा पाईएका विषय बस्तुहरुलाई समेटेर पुस्तक तयार पारिएको थियो ।
पुस्तकलाई कार्यक्रमका प्रमुख अतिथि धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायले लोकार्पण गरेका हुन् । कार्यक्रममा बोल्दै उपाध्यायले विद्यार्थीको तर्फबाटतयार पारिएको यो पुस्तकले क्याम्पसको शैक्षिक विकासमा नयाँ आयाम थपेको बताए । उनले शैक्षिक बिकासकालागि एउटा ईट्टा थप्ने काम गरेको भन्दै भ्रमणटोलीलाई धन्यवाद पनि दिए । क्याम्पस गुणात्मक प्रत्यायन अभियानमा लागिरहेको सन्दर्भमा साँस्कृतिक, औद्योगिक र पर्यटकीय स्थानहरुको भ्रमणको ज्ञानलाई लिपीबद्ध गरी अनुसन्धान मुलक पुस्तक प्रकाशन हुनुले क्याम्पसलाइ थप फाइदा पुगेको बताए । उनले अध्ययन भ्रमणका सदस्यलाईपनि लेखन उर्जा पैदा भएको धारणा राखेका थिए ।
कार्यक्रममा प्रा.डा. डिनबहादुर थापा र प्रा.डा. सुदर्शन सिलवालले पुस्तकको बारेमा टिप्पणी गरेका थिए । उनीहरुले विद्यार्थीहरुको तर्फबाट यस्तो रचनात्मक कामको सुरुवात हुनु प्रशंसा योग्य रहेको बताए । कामगर्दा धैरै थौरै सबैका कमीकमजोरी हुने भन्दै पुस्तकमा धैरै राम्रा विषयबस्तुहरु समेटीएकाले पठनयोग्य रहेको समेत बताएका थिए ।
कार्यक्रममा पूर्व क्याम्पस प्रमुख गोविन्दराज गौतम, सहायक क्याम्पस प्रमुख ओमप्रसाद शर्मा, तिलक कँडेल, शिवप्रसाद पाध्या, विभागीय प्रमुख यामप्रसाद शर्मा, उपप्राध्यापक दिपकप्रसाद कँडेल, स्ववियु सभापति मनिष थापा लगाएतले शुभकामना मन्तव्य राखेका थिए । उक्त अबसरमा अध्ययन अनुसन्धानका क्रममा प्राप्त ज्ञान र विषय बस्तुहरु समटीएको भिडियो (बृत्तचित्र) पनि प्रस्तुत गरिएको थियो । कार्यक्रम व्यवस्थापन अनुसन्धान समितिका अध्यक्ष रामराजा कँडेलको अध्यक्षता भ्रमण सदस्य सुमन जि.सीको स्वागत र भ्रमण संयोजक सुदिपसागर कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->