मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

गलकोटका नगर प्रमुखको गाउँमा तोडफोड

गलकोटका नगर प्रमुखको गाउँमा तोडफोड


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०७७, सोमबार

बागलुङ, ५ माघ– बागलुङको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेको गाउँमा अपरिचित समुहले तोड फोड गरेको छ । उक्त समूहले गैरेको घरसहित गाउँका ६ घरमा तोडफोड गरेर क्षति पु¥याएको प्रहरीले जनायो ।
गलकोट नगरपालिका वडा नम्बर २ बुंखानी र थानाका ६ घरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिए । ती घरमा कसैको पनि बसोबास भने थिएन् । ‘ठूलै चोरीकालागि तोडफोड गरेको जस्तो देखिन्छ तर घरमा भएका भाँडा बर्तन, लत्ता कपडा केही छोएका छैनन्’ भण्डारीले भने ‘बहुमूल्य बस्तु थिए वा थिएनन् भन्ने बिषयमा घरमा कोही नभएकाले जानकारी आएको छैन् ।’ गलकोट नगरपालिकाका प्रमुख हटिया बजार बस्दै आएका छन् । उनको घर खाली थियो । चितवन बस्ने खिनाराम गैरे, नारायण गैरे, चित्रवन गैरे, मोतीलाल गैरे, जापान बस्ने ताराप्रसाद गैरेको घरमा तोडफोड भएको प्रहरीले तथ्यांक निकालेको छ । घरहरु फोडिएको अवस्थामा देखेपछि सोमबार गाउँलेले प्रहरीलाई खवर गरेका थिए । प्रहरीको टोलीले घटनास्थल मुचुल्का गरेर फर्किएको छ । तोडफोड पछि हराएका वा क्षति भएका समाग्री र तोडफोड गर्नेको खोजी भैरहेको भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->