पोखरा, ५ माघ–पोखरामा चोरीको आरोप प्रहरीले ३ जना भारतीयलाई पक्राउ गरेको छ । पोखराको अमरसिंहचोकमा अव्यवस्थित बसोबास गरेका भारतीयले एक बृद्धाको रकम चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । भारतको विहार जोगवनीथाना घरभई अमरसिंचौरमा बसेका २५ वार्षिय सुवाष बन्जडा, २५ वर्षिय सिता देवी तिवारी र सोहि उमेरका सोनु तिवारीलाई नगद सहित रामबजार प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद रु एक लाख एक हजार सात साय ७० रुपैँया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए ।
शुक्रवार पोखरा चाउथेँकी ६५ वर्षिया बृद्धा बैंकबाट रकम निकालेर सार्वजानिक बसमा घर जाने क्रममा रकम हराएको थियो । आफुसंगैको सिटमा बसेको भारतीयले रकम चोरेको हुनसक्ने भन्दै उनले प्रहरीलाई जानकारी गराएकी थिइन् । सोहि जानकारीको आधारमा प्रहरीले उनीहरुलाई अमरसिंह चौरबाट पक्राउ गरेको हो ।





