बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरामा छात्रालाई अमर्यादित रुपमा परिक्षा लिएको आरोपमा प्रधानाध्यापक र दुई शिक्षक पक्राउ

पोखरामा छात्रालाई अमर्यादित रुपमा परिक्षा लिएको आरोपमा प्रधानाध्यापक र दुई शिक्षक पक्राउ


  • विजय नेपाली
  • माघ ६ २०७७, मंगलबार

पोखरा, ६ माघ – छात्रालाई अमर्यादित रुपमा परिक्षा लिएको आरोपमा पोखराको बगर टुँडीखेलमा रहेको राष्ट्रिय माविका प्रधानाध्यापक र दुई शिक्षकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रधानाध्यापक सूर्य तिवारी, शिक्षक घनश्याम रेग्मी र शिरिषकुमार बस्ताकोटी पक्राउ परेका हुन् ।
विद्यालयकी एक छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगेर अमर्यादित रुपमा कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयक आंशिक परीक्षा लिएको उनीहरुमाथि आरोप छ । अन्य प्रचलित कानुन विपरीतको कसुरजन्य कार्य समेत भएको हुनसक्ने देखिएकोले आवश्यक अनुसन्धान गरी दोषी उपर कारबाही गर्न राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले माघ २ गते प्रहरीमा जाहेरी दिएको थियो ।
उक्त जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता सुवास हमालले बताए । उनका अनुसार तीन जनालाई शिक्षा ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।
‘जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १ पुरानो टुँडिखेल स्थित रहेको राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका शिक्षकहरुले सोही बिद्यालयमा एक छात्रालाई कक्षा ११ को ऐच्छिक अग्रेजी र शैक्षणिक बिधि विषयक आंशिक परीक्षामा उक्त छात्रालाई परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्य समेत भएको हुन सक्ने देखिएकोले आवश्यक अनुसन्धान गरी दोषी उपर कारवाही हुन’ भन्ने राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरको पत्र जाहेरी सहितको कागजातहरु हामीलाई प्राप्त भयो सोहि आधारमा हामीले पक्राउ गरेका हौँ, प्रवक्ता हमालले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->