मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

गलकोटमा ऋङ्खलाबद्ध तोडफोड र चोरीका घटना

गलकोटमा ऋङ्खलाबद्ध तोडफोड र चोरीका घटना


  • ढोरपाटन संवाददाता
  • माघ ७ २०७७, बुधबार

बागलुङ, ७ माघ– गलकोटमा ऋङ्खलाबद्ध चोरी र तोडफोडका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार पछिल्लो एक सातामा गलकोट नगरपालिकाका बिभिन्न स्थानमा १८ वटा चोरी र तोडफोडका घटना भएका हुन् । गत आइतबार राति गलकोट नगरपालिका वडा–५ हरिचौरस्थित गलकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा तोडफोड भएको छ । नजिकैका आठ घरमा चोरी र तोडफोड भएको सहकारी संस्थाका अध्यक्ष गणेश खत्रीले जानकारी दिए ।
सहकारीको सिसी टिभी फुटेजमा मुखमा माक्स लगाएको, फलामको डण्डी बोकेको एक जना व्यक्तिले तोडफोड गर्न खोजेकोे उनको भनाइ छ । गलकोट नगरपालिका–१, २ र ५ का विभिन्न बस्तीका घरमा चोरी तथा तोडफोड भएको स्थानीयले बताएका छन् । शनिबार राति गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको घरसहित खिनाराम गैरे, नारायण गैरे, चित्रवन गैरे, मोतिलाल गैरे र ताराप्रसाद गैरेको घर तोडफोड भएको थियो भने त्यसको अघिल्लो दिन थान तथा भुङ्गानीमा चोरी भएको थियो ।
वडा–५ का रमेश थापाको घरबाट आइतबार राति ४० हजार चोरी भएको थियो । राति कति बेला चोरी भयो भन्ने एकिन नभएको थापा बताउछन् । घरको दोस्रो तलमा बसे पनि भूइतलामा चोरी भएकाले त्रासको अवस्था सिर्जना भएको उनले बताए । घटनाबारे प्रहरीले अनुसन्धान र सम्भावित तोडफोड र चोरीका घटना रोक्न नियमित गस्ती र निगरानीसमेत बढाएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए । बसाइसराईले खाली भएका घरमा तोडफोड र चोरी बढी भएकाले चोरीको विवरण संकलनमा समस्या भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->