बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रवासी म्याग्देलीले झिँबाट बाढीपहिरो पीडितको घर बनाउन सुरू

प्रवासी म्याग्देलीले झिँबाट बाढीपहिरो पीडितको घर बनाउन सुरू


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०७७, बिहिबार

बेनी, ८ माघ– म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले बाढीपहिरो पीडितलाई नयाँ घर बनाउने अभियानमा जुटेको छ । बाढीपहिरोबाट विस्थापित भएकालाई अर्को बर्खासम्म पुनर्वास गराउने अभियान अन्तरगत मोनाले जिल्लाभर ४० घर मोनाले बताउन लागेको हो । भूकम्प प्रतिरोधी इन्टरलक इट्टाको प्रयोग गरी जिल्लाको रघुगंगा गाउँपालिका–५,झिँ मा भिमबहादुर गुर्बजाको घर बनाउन सुरु गरिएको मोना पुर्नबास कार्यदलका सदस्य एवम् मोना हङकङका पूर्व अध्यक्ष दल शेरबुजाले बताए ।
‘स्थानीय तहसँग भएको सम्झौता अनुसार समयमै घर पीडितलाई हस्तान्तरण गछौं,‘अबको बर्खा टहरामा बस्न नपर्ने गरी काम सुरु भएको छ’ शेरबुजाले भने । एक घरलाई ५ लाख लागत इस्टिमेट गरिएको छ । मोनाले सबै स्थानीय तहमा एउटै मोडेलको घर बनाएर स्थानीय तहमार्फत पीडितलाई हस्तान्तरण गर्ने मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले बताए । ‘सबैको सहयोग भएमा लक्ष्य अनुसार नै काम सम्पन्न गछौं,‘बाढीपहिरोबाट विस्थापितको अनुहारमा खुसी देख्न चाहन्छौ’ अध्यक्ष जुग्जालीले भने । मोनाले सबै स्थानीय तहसँग सम्झौता गरी घर बनाउन लागेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले गृह मन्त्रालयमा सिफारिस गरेका पूर्ण क्षतिग्रस्त घरहरू मध्ये मोनाले धवलागिरी गाउँपालिकामा १४, मालिका गाउँपालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४ र४ वटा घर बनाउने भएको छ ।
मालिका–७ बिममा विम–मालिका संघले जग्गा ब्यवस्थापन र गाउँपालिकाले सम्माउने काममा सघाएकाले उक्त स्थानमा १० घरपरिवारलाई पुनर्वास गराउने योजना अगाडी बढेको छ । मोनाको पुर्नवास अभियानलाई तिब्रता दिन हङकङबाट दल शेरबुजाले स्थानीय तह, सरोकारवाला निकाय र परोपकारी संस्था ओमकुमारी शान्ति कोषको सहयोगमा विभिन्न काम गरिरहेका छन् । म्याग्दीमा कुल १ हजार ६८ घर पूर्णरुपमा क्षतिग्रस्त घरमध्ये अन्यलाई स्थानीय तहले संघीय र प्रदेश सरकारमार्फत बनाउने योजना बनाएको जनाइएको छ । वैशाखसम्म सबैलाई पुनर्वास गराउने लक्ष्य रहेको जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख एवम् प्रजिअ उमाकान्त अधिकारीले बताए । उनले सरकारी निकायसँगै म्याग्देलीको पहलमा विस्थापितलाई पुर्नवासमा सहज भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->