मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

विप्लव समुहका नेता विकीरण क्षेत्री र बाबुलाल शाक्य पक्राउ

विप्लव समुहका नेता विकीरण क्षेत्री र बाबुलाल शाक्य पक्राउ


  • ढोरपाटन संबाददाता
  • माघ १० २०७७, शनिबार

बागलुङ, १० माघ- नेकपा नेत्रविक्रम चन्द विप्लव नेत्रृत्वको नेकपाले नेपाल बन्द आयोजना गरेकै दिन बागलुङबाट सोही पार्टीका दुई नेतालाई बागलुङ प्रहरीले पक्राउ गरेको छ । प्रतिबिन्धित नेकपाका नेताहरु विकीरण क्षेत्री र बाबुलाल शाक्यलाई प्रहरीले शनिवार पक्राउ गरेको हो ।
बागलुङ नगरपालिका-७ स्थित पूर्णप्रसाद निउरेको घरमा लुकीरहेको भन्ने सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले बताए । भण्डारी नेतृत्वको प्रहरी टोलि सुराकीका आधारमा त्यहाँ पुगेको थियो ।
पक्राउ परेका विकीरणको साथबाट ४ वटा मोवाइल र चन्दा उठाउने रसिद तथा शाक्यको साथबाट २ वटा मोवाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले बताए । अनुसन्धानमा उनीहरुले चालु अवस्थामा रहेका ७ वटा मोवाईल सिम प्रयोग गर्ने गरेको खुलेको छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
प्रहरीले उनीहरुलाई एक बर्षभन्दा पहिले म्याग्दीबाट पक्राउ गरेको थियो । पक्राउपछि उनीहरु सर्वाेच्च अदालतको आदेशबाट रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->