शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

सभासद थापाको तलब–भत्ता विकास र विपद्मा परेकालाई

सभासद थापाको तलब–भत्ता विकास र विपद्मा परेकालाई


  • ढोरपाटन सम्वाददाता
  • माघ १५ २०७७, बिहिबार

पोखरा, १५ माघ– गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले अघिला वर्षजस्तै आफूले पाएको तलब–भत्ता विकास निर्माण र सामाजिक काममा खर्च गरेका छन् । उनले आफूले पाएको करिब १२ लाख रुपैयाँ कहाँ खर्च भयो भन्ने जानकारी पनि सार्वजनिक गरेका छन् । सभासद थापाले प्रदेशसभा सदस्यको हैसियतमा चालु आर्थिक वर्षको असारदेखि पुससम्म ८ लाख ५९ हजार ८ सय ८६ रुपैयाँ प्राप्त गरेका थिए । सो रकममा आफ्नै व्यक्तिगत तर्फबाट ३ लाख ८७ हजार १ सय ७२ रुपैयाँ थपेर सामाजिक तथा विकास निर्माणको कामका लागि उक्त रकम खर्च गरेको बुधबार आयोजित पत्रकामर सम्मेलनमा जानकारी दिए । सभासद थापाले पाएको तलबबाट कोरोनाबाट मजदुर, एकल महिला, शारीरिक रुपमा अपांगता भएका व्यक्तिलाई सहयोग गरेका थिए । त्यस्तै रोटरी क्लब अफ पोखरा न्युरोडमार्फत् सेनेटरी प्याड भेन्डिब मेसिन खरिदका लागि, पोखरा ४, ८ र ९ को वडा कार्यालयहरुमा अटोमेटिक सडक बत्ती जडानका लागि पनि सो रकम खर्च भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->